कम जोखिम रहेका मस्जिदलाई खोल्ने इरानको तयारी

5.25K
shares

तेहरान।

इरानले थप कोरोनाभाइरस सङ्क्रमणका घटना नदेखिएका स्थान वा शहरका मस्जिदलाई खुला गर्ने राष्ट्रपति हसन रौहानीले आइतबार बताउनुभएको छ ।

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभावित मुलुकमध्ये एक इरानले पछिल्लो समय नयाँ सङ्क्रमण नदेखिएका स्थानमा प्रार्थनाका लागि मस्जिदलाई खुला गर्ने बताएको हो ।

स्वास्थ्यमन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमणको बढी जोखिम रहेका र कम जोखिम रहेका, सङ्क्रमित र सङ्क्रमणका कारण मृत्यु धेरै भएका स्थानलाई सेतो, पहेँलो र रातो क्षेत्रमा वर्गीकरण गरेको र स्थान अनुसार बन्दाबन्दीलाई केही खुकुलो पार्ने तयारी गरेको रैहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताउनुभएको छ ।

शुक्रबारको प्रार्थनालाई केही मस्जिदमा पुनः सञ्चालन गरिनेछ । तर सबै कदम स्वास्थ्य अधिकारीले निर्धारण गरेको नियमको पालना र सम्मान गर्ने शर्तमा मात्रै लिइने छ । राष्ट्रपतिले देशका कतिपयस्थानमा लकडाउनलाई खुकुलो पार्ने बताउँदै भन्नुभयो,“सङ्क्रमण नियन्त्रणमा आउँदासम्म मस्जिदमा सामाजिक दूरी कायम गर्नुपर्ने नियमलाई कडाईका साथ पालना गर्नुपर्नेछ ।”
इरानमा ९७ हजार ४२४ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् भने छ हजार १५६ जनाको आइतबारसम्म निधन भईसकेको छ । इरानको कोम सहरमा सबैभन्दा पहिले फेब्रुअरी १९ मा सङ्क्रमित भेटिएको थियो ।

इरान सरकारले आगामी अप्रिल ११ देखि औद्योगिक तथा व्यवसायिक गतिविधिलाई सञ्चालनमा ल्याउने तयारी गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083