अमेरिकी सिआइए प्रमुखले भेटे किम जोङ उनलाई

7.41K
shares

एजेन्सी। अमेरिकी जासुसी संस्था सिआइएका प्रमुख माइक पम्पेओले उत्तर कोरियाली शासक किम जोङ सँग भेट गरेका छन्। वासिङटन पोष्ट र समाचार संस्था रोयटर्सले राष्ट्रपति ट्रम्पले विदेश मन्त्रीमा नियुक्त गरेका पम्पेओले अप्रिल पहिलो साता उत्तर कोरियाको गोप्य भ्रमण गरेको उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किमबीच हुने शिखर वार्ताको तयारी स्वरूप पम्पेओ प्योङयाङ पुगेको समाचारमा जनाइएको छ।

मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्च तहमा सिधा कुराकानी भएको र शिखर वार्ताका लागि सम्भावित पाँच स्थानबारे छलफल भएको बताएका थिए।  यस अघि जासुसी संस्थाका माध्यमबाट उत्तर कोरियासँग सम्बन्ध राख्ने अमेरिकाले विदेश मन्त्री नियुक्त भइ सकेका पम्पेओलाई प्योङयाङ पठाएको हो। तत्कालीन अमेरिकी विदेश मन्त्री म्याडेलिन अल्ब्राइटले सन् २०००मा प्योङयाङमा उत्तर कोरियाली शासक किम जोङ इललाई भेटेका थिए।


divya collage
unigloble collage