प्रकोपका कारण मागमा कमी हुँदा अप्रिलमा विश्वव्यापी खाद्य सामग्रीको मूल्यमा गिरावट

5.16K
shares

रोम।

विश्व बजारमा खाद्य सामग्रीको मूल्यमा अप्रिल महिनामा पनि गिरावट देखिएको संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) ले बिहीबार जानकारी गराएको छ ।

विश्वव्यापी महामारीका रूपमा कोरोनाभाइरसको सङ्क्रमणका कारण खाद्यान्नको मागमा देखिएको कमीका कारण मूल्यमा गिरावट आएको हो ।

खाद्य सामग्रीको समग्र सूचकाङ्कमा मार्चको तुलनामा अप्रिलमा ३।४ प्रतिशतले न्यूनता देखिएको र यस बर्ष निरन्तर तेस्रो पटक खाद्य सामग्रीको मूल्यमा गिरावट देखिएको र यसो हुनुमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कोरोना भाइरसको प्रकोप जिम्मेवार रहेको एफएओले जानकारी गराएको छ ।

अप्रिलमा सबै सह–सूचकाङ्कमा मूल्यमा व्यापक गिरावट आएको छ र यसको अग्रता चिनीको मूल्यले लिएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा अघिल्लो महिनाको तुलनामा १४।६ प्रतिशतको कमी देखिएको छ । एफएओका अनुसार खाद्य सामग्रीमा आएको गिरावटको एउटा कारण इन्धनको मूल्यमा देखिएको गिरावट पनि रहेको मान्न सकिन्छ ।

खाद्य सामग्रीमध्ये सबैभन्दा कम मूल्य गिरावट समग्रमा धान, गहुँ, मकै र दालजन्य सामानमा गत महिनाको तुलनामा ०.१ प्रतिशतको गिरावट भएको उल्लेख राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको तथ्याङ्कमा उल्लेख छ ।

रूसले गहुँको निर्यातमा गरेको कडाईका र विश्वमा धानको बढी मागका कारण धन र गहुँको मूल्यमा यो वर्ष उल्लेख्य वृद्धि हुने बताइएको छ भने यसलाई मकै लगायत अन्य खाद्यबालीको मूल्यमा आएको गिरावटले निकै प्रभावित पार्नेछ । ल्याटिन अमेरिकामा मकै उत्पादन र इथानोलको मागमा देखिएको कमीका कारण मकैको मूल्यमा गिरावट आएको हो ।

अप्रिलमा अघिल्लो महिनाको तुलनामा खासगरी पाल्म बनस्पती तेलको मूल्यमा ५।२ प्रतिशतको गिरावट आएको एफएओले जनाएको छ । यस्तै मागमा आएको कमीका कारण दुघ्धजन्य पदार्थको मूल्यमा घ।६ प्रतिशत मासुको मूलयमा २।७ प्रतिशतको गिरावट देखिएको छ । तर यी सामानहरूको माग चीनमा भने बढेको छ ।

एफएओको खाद्य मूल सूचकाङ्क आधारवर्षको तुलनाका लागि विभिन्न ७३ खाद्य उत्पादनमा भूमिका खेल्ने २३ महत्वपूर्ण खाद्य उत्पादनमा आधारित भएर गरिएका हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083