दक्षिण सुडानका उपराष्ट्रपति कोरोना पोजेटिभ
वि.सं.२०७७ जेठ ६ मंगलवार ०९:५१
6.31K
shares
shares

एजेन्सी । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर उनकी श्रीमती एजेलिना टोनी कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन् ।
माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको कोरोनाभाइरसको परीक्षण मे १३ मा गरिएको थियो ।
माशरका बडीगार्ड र कर्मचारीका केही सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ ।दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् । यहाँ कोरोनाका कारण चारजनाको मृत्यु भइसकेको छ । स्रोतः बीबीसी






















