लकडाउनले मृत्यु संख्यामा बृद्धी हुने नोबेल वैज्ञानिकको दावी

7.93K
shares

रोम (एजेन्सी)

नोबेल पुरस्कार विजेता वैज्ञानिक माइकल लेविटले कोरोना भाइरस लकडाउनका कारण मृत्यु संख्यामा तिब्र बृद्धी हुन सक्ने दावी गरेका छन् ।

नागरिकलाई घर भित्रै कैद राख्ने निर्णयले उनीहरु भित्र तनाव उत्पन्न गर्नु जस्तो भएको उनले बताए । स्टेनफोर्ड युनिभर्सिटीका यी वैज्ञानिकले कोरोना भाइरस महामारीको शुरुवाटलाई लिएर अत्यन्त सटिक भविष्यवाणी गरेका थिए ।

प्रोफेसर निल फग्र्युसनको एक सिद्धान्त अनुसरा यसबाट मृत्युको अनुमान १० देखि १२ गुण बढेको प्रोफेसर लेविटले बताए । लकडाउनका कारण महामारीको प्रसार नरोकिएको र यसले लाखांैको आजिविका नष्ट भएको उनले दावी गरे ।

प्रोफेसर लेविटले लकडाउनले कोरोना भाइरसबाट मानव जीवनको रक्षा नभएको बताउँदै यसले झन नोक्सान पुगेको बताए । यसले सडक दुर्घटनाबाट हुने मृत्युमा भने कमी आएको तर घरेलु अपराधमा पर्याप्त बृद्धी भएको छ । प्रोफेसर लेविटले सन् २०१३ मा रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेको थियो ।

यसबीच प्रख्यात भौतिकशास्त्री जपी मार्गन र रणनितिकार मार्को कोलानोविकले त्रुटिपुण वैज्ञानिक प्रतिवेदनका आधारमा सरकारले लडकडाउन लागु गर्ने निर्णय लिएको बताए ।

यसले कार्यकुशलता प्रभावित भएको र लकडाउनको प्रभावमा पनि कमी देखिएकोे उनीहरुले बताए । लकडाउन हटाएपछि संक्रमणको दरमा गिरावट आएको बताउँदै भाइरसको आफनो गतिशिलता हुने सुझाव दिए ।


divya collage
unigloble collage