‘अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमको कोरोनाबाट मृत्यु !

12.88K
shares

एजेन्सी । भारतस्थित मुम्बई हमलाका मास्टरमाइन्ड भनिएका ‘अण्डरवर्ल्ड डन’ दाउद ईब्राहिमको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको खबर यतिबेला भाईरल बनिरहेको छ ।

यद्यपी उक्त खबरको कुनै आधिकारिक पुष्टि भएको छैन । उनका भाई अनिश इब्राहिले दाउद इब्राहिम सहित परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको र सबै स्वस्थ रहेको भन्दै समाचारको खण्डन गरेका छन् ।

तर गुप्तचर एजेन्सीद्वारा शुक्रबार इब्राहिम दम्पतिलाई कोरोना संक्रमण भएको खबर बाहिरिएको थियो । हिन्दी तथा थुप्रै अंग्रेजी अनलाईनहरु,भारतीय टेलिभिजनहरु,पाकिस्तानी टेलिभिजनहरु लगायत सामाजिक सञ्जालमा पनि यतिबेला यो खबरले निक्कै धेरै स्थान पाएको छ ।

संक्रमण लगत्तै दाउद दम्पतीलाई पाकिस्तानको कराँचीस्थित आर्मी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको बताइको थियो । सन् १९९३ मा भएको मुम्बई हमलाका मुख्य योजनाकार रहेको भन्दै भारतले उनलाई सन् २००३ मा ग्लोबल टेरेरिस्ट घोषणा गरेको थियो ।न्युज अफ नेपालबाट


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083