ब्राजिलमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

8.01K
shares

काठमाडौं । कोरोना भाइरसको महामारीले ब्राजिलमा ३६ हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ५४२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३६ हजार ४९९ पुगेको छ ।

एकै दिन १८ हजार ३७५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख ९१ हजार ९६२ पुगेको छ ।३ लाख ५३ हजार ३७९ जनाको उपचार भइरहेको छ भने ३ लाख २ हजार ८४ जना संक्रमण मुक्त भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083