तस्वीरमा पोज दिन सिंहको खुट्टा भाँचियो

9.14K
shares

मस्को, (एजेन्सी)

रुसमा समुद्रको तटमा छुट्टी मनाउन आउने पर्यटकसँग तस्वीर खिच्दा पोज दिने क्रममा भाग्न नसकोस् भनेर सिंहको एक निर्बोध बच्चाको खुट्टा नै भाँचिदिएको घटनाले सबैलाई स्तब्ध तुल्याएको छ । यस अमानवीय घटनाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि हैरान भएका छन् । उनले यस घटनाको जाँचको आदेश दिएको छ ।

यो डमरु केही हप्ताको मात्र हुँदा उसकी आमाबाट खोसेर पर्यटकसँग तस्वीर खिचाउन बाध्य बनाइएको हो । जब यो ठूलो हुँदै गयो, भाग्न नसकोस् भनेर उसको खुट्टा नै भाँचियो ।

सिम्बा नामक उक्त डमरुको स्वास्थ्य स्थिति यस बर्बरतापछि अत्यन्तै खस्केको र उसको ढाडको हड्डीमा पनि गम्भीर चोट लागेको डेली मेल अखबारले जनाएको छ । डमरुलाई उद्धार गरेकी युलिया अगिवाका अनुसार उसलाई केही खान पनि दिएको थिएन ।

युलिया र उनका साथीले सिम्बालाई जनावरका विशेषज्ञ डाक्टर केरने डेलाक्यानकोमा लिएर गए । धेरैजसो फोटोग्राफरले जंगली जनावर भाग्न नसकून् भनेर उनीहरूको खुट्टा भाँचिदिने गरेको उनले बताए ।

डेलाक्यानले सिम्बाको उपचार गरिदिएको छ तर अहिले पनि उसलाई समस्या छ । डेलाक्यानले यस विषयमा राष्ट्रपति पुटिनलाई इकोलोजिस्टहरूसँग भएको एक भिडियो कन्फ्रेन्समा जानकारी दिएका थिए ।

त्यसपछि पुटिनले सिम्बामाथि यो क्रूर व्यवहार गर्ने र उसका साथीविरुद्ध कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसपछि यस घटनालाई लिएर जाँच शुरू गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083