कोरोनामुक्त न्यूजिल्याण्डमा दुई संक्रमित भेटिए
वि.सं.२०७७ असार २ मंगलवार १२:३१
7.15K
shares
shares

एजेन्सी । न्यूजिल्याण्डमा पुन: दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।पछिल्लो २४ दिन नयाँ संक्रमित नदेखिएपछि कोरोना मुक्त भएको न्यूजिल्याण्डमा मंगलबार फेरी दुईजनामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायतबाट आएका एकै परिवारका दुई महिलामा कोरोना संक्रमण देखिएको हो । परिवारका एक सदस्यको मृत्यु भएपछि अन्तिमसंस्कारमा सहभागी हुन उनीहरुलाई न्यूजिल्याण्ड आउन दिइएको थियो ।
केही दिन अघि कोरोना मुक्त घोषण भएपछि न्यूजिल्याण्डमा आन्तरिक प्रतिबन्ध हटाएएको थियो । तर सीमा क्षेत्र भने बन्द नै गरिएको छ । जुन ७ मा बेलायतबाट दोहा–ब्रिसबेन हुँदै न्यूजिल्याण्ड प्रवेश गरेका ३० र ४० वर्षको ती महिलालाई क्वारेन्टिनमा राखिएको थियो ।































