भारतमा कोरोनाबाट १५ हजारको मृत्यु, संक्रमित झण्डै पाँच लाख
वि.सं.२०७७ असार १२ शुक्रवार १०:०५
shares

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दैनिकरूपमा बढ्दै गएको छ । त्यहाँ बिहीबार हालसम्मकै सर्वाधिक दैनिक संक्रमित फेला परेका छन् ।
बिहीबार मात्र भारतमा एकैदिन १८ हजार १८५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ९१ हजार १७० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । बुधबार त्यहाँ १६ हजार ८७० नयाँ संक्रमित थपिएका थिए भने मंगलबार १५ हजार ६६५ नयाँ संक्रमित फेला परेका थिए ।
भारतमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १५ हजार नाघेको छ । वर्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा (बिहीबार) मात्र भारतमा कोरोनाबाट ४०१ जनाको ज्यान गएको छ । बुधबार पनि त्यहाँ ४२४ को ज्यान गयो भने मंगलबार ४६८ जनाको मृत्यु भएको थियो ।
अहिले भारतमा १ लाख ९० हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् भने २ लाख ८५ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बिहीबार मात्र त्यहाँ १३ हजार ९८३ जना निको भएका छन् ।









