नयाँ रेकर्ड कायम गर्दै अमेरिकामा कोरोना भाइरसको दैनिकवृद्धि ५० हजार नजिक पुग्यो

6.86K
shares

अमेरिका । अमेरिकामा कोरोना भाइरसको दैनिक संक्रमणदरले नयाँ रेकर्ड कायम गरेको छ।रोयटर्समा प्रकाशित समाचारका अनुसार बुधबार एकैदिन करिब ५० हजारको संख्यामा नयाँ संक्रमित फेला परेपछि कोरोनाको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो।

यो संख्या महामारी सुरू भएयता एकैदिन भेटिएको सबैभन्दा ठूलो संक्रमित संख्या हो।यो संख्या सिनेटसमक्ष अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा प्रतिदिन संक्रमित संख्या १ लाख पुग्नसक्ने चेतावनी दिएको एकदिनपछि आएको हो।उनले सिनेटमा अमेरिकी नागरिकले मास्क लगाउने तथा सामाजिक दुरीको नियमलाई पालना नगरे संक्रमण तीव्रगतिमा फैलिने चेतावनी दिएका थिए।

जुनको पहिलो साता अमेरिकामा २२ हजारको संख्मा नयाँ संक्रमित रिपोर्ट भएका थिए। त्यसपछिका दिनमा भने यो संख्या निरन्तर उकालो लाग्दै आएको छ। जुनका पछिल्ला सातदिनमा यो संख्या ४२ हजार प्रतिदिन पुगिसकेको छ।

कोरोना महामारीमा प्रतिदिन ५० हजार भन्दा बढी संक्रमित हाल ब्राजिलमा मात्र फेला परेका छन्। मंगलबार अमेरिकामा ४९ हजार २ सय ८६ नयाँ संक्रमित फेला परेको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।

यसरी फेला परेकामध्ये आधाभन्दा संक्रमित ऐरिजोना, क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससबाट रहेका छन्। यी राज्यमा अमेरिकाका कुल ३० प्रतिशत जनसंख्याको बसोबास छ।

यी चार राज्यका अलावा अन्य थप १० अमेरिकी राज्यमा जुनको महिनामा कोरोना संक्रमित संख्या दोब्बर भन्दा बढी दरमा थपिएका छन्।पछिल्लो समय बढेको संक्रमितको संख्या परीक्षण बढेकाले मात्र नभएको रोयटर्सले जनाएको छ। संक्रमितहरूको अस्पताल भर्ना हुने दर पनि आकाशिदैं गएको छ।

राष्ट्रियस्तरमा संक्रमित फेला पर्ने दर ७ प्रतिशत रहेको छ जुन अघिल्लो साता ५ प्रतिशत थियो। ऐरिजोना राज्यमा यो दर गत साता २४ प्रतिशत थियो भने फ्लोरिडामा १६ प्रतिशत थियो। पछिल्लो तथ्यांक अनुसार यो दर नेभेडा, साउथ क्यारोलिना र टेक्ससमा १५ प्रतिशत थियो।

भेटिएका संक्रमितमध्ये केही मे महिनाको अन्त्यमा भएको मेमोरियल डेको बिदासँग सम्बन्धित रहेको पाइएको छ। जसका कारण अमेरिकी स्वास्थ्य विज्ञहरूले यसै सप्ताहन्तमा हुने ुस्वतन्त्रता दिवसुको छुट्टीलाई लिएर चिन्ता व्यक्त गरेका छन्। यो बिदामा सामान्यतया अमेरिकीहरू छुट्टी मनाउन समुन्द्री किनार तथा क्यापिङ ग्राउण्डमा आतिसबाजी हेर्न निस्कने गर्छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083