भौतिक शास्त्रतर्फको नोबेल ३ जनालाई
वि.सं.२०७७ असोज २१ बुधवार ०७:५६
5.37K
shares
shares

एजेन्सी। ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।
रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पार्नुभएको हो ।
उक्त पुरस्कारको रकम एक करोड क्रोनर छ ।
बेलायतमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गर्नुभएको छ ।
गेन्जेल र गेजले हाम्रो आकाशगङ्गाको केन्द्रमा एउटा विशाल ब्ल्याक होल भएको प्रमाण खोज्नुभएको छ ।






















