विश्व च्याम्पियन पौडीवाज निलम्बित

7.37K
shares

विवाहोत्तर सम्बन्ध खुलेपछि जापानी विश्व च्याम्पियन पौडीवाज डाया सेतो निलम्बित भएका छन् । उनलाई जापानको पौडी फेडेरेशनले निलम्बन गरेको हो ।

२६ वर्षीय सेतो २०० र ४०० मिटरका मिड्ले पौडी स्पर्धाका विश्व च्याम्पियन हुन् ।

उनले खेलाडी भइकन निधाउनुपर्ने अनुशासन उल्लंघन गरेको भन्दै निलम्बन गरिएको जनाइएको छ ।

सेतो यो वर्षभर निलम्बित हुनेछन् ।

सन् २०२१ मा जापानमा हुने ओलम्पिकमा भने प्रतिष्पर्धा गर्न पाउनेछन् । सेताले आफूबाट गल्ती भएको भन्दै सार्वजनिक रुपमा क्षमा मागेका छन् ।


divya collage
unigloble collage