चिनमा डुंगा पल्टिदा ३९ बेपत्ता, राष्ट्रपतिद्धारा तिब्र उद्धारमा लाग्न निर्देशन
वि.सं.२०८० जेठ ३ बुधवार १३:१९
shares

FILE PHOTO: A Chinese Coast Guard vessel is pictured near the Philippine-occupied Thitu Island, in the disputed Spratly Islands, South China Sea, March 9, 2023. REUTERS/Eloisa Lopez/File Photo
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मङ्गलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिएपछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले मंगलबार बिहान करिब ३ बजे भएको घटना पछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन ।
उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र पाँच फिलिपिन्स नाविकसहित ३९ जना बेपत्ता भएका छन् ।
जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न गहिरो समुद्री अपरेशनहरूमा सम्भावित सुरक्षा जोखिमहरूको अनुसन्धान र प्रारम्भिक चेतावनीलाई अझ बलियो बनाउन प्रयासहरू गर्न आदेशसमेत दिएका छन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले सुरक्षित सामुद्रिक यातायात र उत्पादन सुनिश्चित गर्न समुद्रमा माछा मार्ने जहाजको सुरक्षा व्यवस्थापनलाई सुदृढ पार्ने हताहत कम गर्न सबै प्रयास गर्न आग्रह गरेका छन्।































