बैंकको रकम लुट्न आउने समुहसँग भिडन्त हुदाँ दक्षिण अफ्रिकामा १८ मारिए
वि.सं.२०८० भदौ १६ शनिवार १८:०९
7.62K
shares
shares

केप टाउन । दक्षिण अफ्रिकामा प्रहरीसँगको भिडन्तमा १८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तको ग्रामीण उत्तरी क्षेत्रमा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा १८ जनाको मृत्यु भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मारिएका १८ व्यक्तिहरू बैंकका लागि नगद बोकेका सशस्त्र भ्यानहरू लुट्ने गिरोहका सदस्य थिए। बैंक भ्यान डकैती दक्षिण अफ्रिकामा एक सामान्य हिंसात्मक अपराध हो। यहाँ बारम्बार गोली प्रहारका घटना भइरहेका छन् ।
बिहीबार पनि जोहानेसबर्ग शहरको एक जीर्ण अपार्टमेन्ट कम्प्लेक्समा भएको आगलागीमा कम्तिमा ७४ जनाको मृत्यु भएपछि गोलीबारीको घटनामा मृत्यु हुनेको संख्याले देशभर स्तब्ध भएको छ।































