पर्यटक तान्दै ‘रक गार्डेन’

Nepal Life Insurance Long Ad

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ । घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न थालेको हो ।

उक्त ‘रक गार्डेनको अवधारणा लागू गरेको र यतिबेला पर्यटक आगमनको चाप बढ्न थालेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष कामसार्की गुरुङले बताए। आन्तरिक पर्यटक होस् या विदेशी पर्यटक यहाँ आउने जो कोही पनि रक गार्डेनको सुन्दरता देखेर तीन छक्क पर्ने गर्छन् । सुन्दरताको खानी ‘रक गोर्डेन’ पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठूला ठूला सुरुङ भेटिन्छन् । मनै लोभ्याउने ‘रक गोर्डेन’ हेर्न तथा अवलोकन गर्नलाई आधा घण्टाभन्दा बढी समय लाग्छ । एउटा पहराबाट अर्को पहरामा जानका लागि चार वटा पुल निर्माण गरिएको छ ।

त्यस्तै, पहराभित्र रहेको सुरुङमा समेत विभिन्न कुराहरु हेर्न सकिन्छ । सुरुङ पुरै घुम्नलाई करिब डेढ घण्टा समय लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रक गोर्डेनमा नरमाउने त सायदै होलान् । “अहिलेसम्म यस्तो चट्टाङ देखेकी थिइन् । प्राकृतिक सुन्दरता पनि भेटे । यस्तो रकगार्डेनले स्वर्ग मै आएको अनुभूति दिलाएको महसुस भएको पर्यटक यूनिता श्रेष्ठले बताए ।”

त्यस्तै बेँसीशहरबाट रकगार्डेन हेर्न पुगेका सुकराम दुलालले भने, “घुम्नका लागि पुग्नैपर्ने ठाउँ रहेछ खानीगाउँ रक गार्डेन । यहाँ पहाडी तथा ग्रामीण भेगका पर्यटकभन्दा अझ बढी शहर बजार र तराईतिरको पर्यटकका लागि एकदम उत्तम हुनसक्ने भनाइ छ । भित्रै खान बस्न र रमाइलो गर्नका लागिसमेत उचित रहेकाले ‘रक गार्डेन’ ले थप मन लोभ्याएको दुलाल भने । त्यस्तै त्यहाँ विदेशी पर्यटक आउँदा कति पर्यटक त ओड्ने ओछ्याउने कपडा ल्याएर त्यहाँस्थित गुफाभित्रै सुत्ने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । “रक गार्डेन पर्यटकीय हिसाबले निकै सम्भावना भोकेको छ ।”यहाँ अहिले आन्तरिकभन्दा विदेशी पर्यटक बढी आउने गरेको समितिका सचिव सीता गुरुङले बताउनुभयो । “रक गार्डेनले भ्रमण वर्ष सफल बनाउनका लागि समेत टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “भ्रमण वर्षको शुरुआतदेखि यता विदेशी र आन्तरिक पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।”

पर्यटकलाई आकर्षित गर्न रक गार्डेनलाई अझै थप व्यवस्थित बनाउने योजना रहेको सो समितिले जनाएको छ । समितिका अनुसार रक गार्डेनको स्तर उन्नतीका लागि जिल्ला समन्वय समिति, मस्र्याङ्दी गाउँपालिका, वडा कार्यालय लगायतको सहयोग छ । हालसम्म २१ लाख रक गार्डेनमा खर्च भएको समितिका अध्यक्ष गुरुङले बताए । गार्डेनभित्रै सुत्न र बस्न व्यवस्था मिलाइएको छ भने शौचायलयको व्यवस्था समेत मिलाइएको छ । केही दिनबाट बाइकको ट्रयाकसमेत खोल्ने तयारीमा रहेको बताइएको छ । गार्डेनसँगै घरवास होमस्टे को अवधारणा पनि अघि बढाएका छन् ।

सो स्थानमा आउने पर्यटकलाई मध्यनजर गर्दै अहिले १० घरमा होमस्टे सञ्चालन गरिएको सो समितिले जनाएको छ । भगवान्ले फुर्सदमै बनाएको जस्तै एकदम कलात्मक सुन्दर तरिकाले प्रकृतिको सिर्जना गरेको देख्न पाईन्छ यहाँ । चक्रीय अन्नपूर्ण पदमार्गको नजिकै रहेको लमजुङ बेँसीशहरबाट बेँसीशहर चामे मनाङ जाने सडकखण्ड, रामबजार हुँदै उक्त स्थान पुग्न सकिन्छ ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...