बौद्ध भिक्षुहरुद्वारा अष्ट्रेलियाका जीवजन्तु मोक्षका लागि प्रार्थना

Nepal Life Insurance Long Ad

काठमाडौँ । बौद्ध भिक्षुहरुले हाल अष्ट्रेलियामा भएको भीषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका मानिस तथा करोडौँ जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन् ।

विपत्का कारण हताहत भएको दुखद् घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरुले बौद्ध साहित्यका आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्रणिधान पाठ गरेका हुन् । बुद्धवचन अनुवाद समिति नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा ती विषयवस्तुलाई पाठ गरेमा सकारात्मक ऊर्जा प्राप्त भई दिवङ्गत भएका मानिस तथा प्राणीको मुक्ति हुने धर्मावलम्बीको विश्वास छ ।

उक्त घटनाबाट मृत्युवरण गर्न पुगेका ती सम्पूर्ण प्राणीको शान्तिका लागि प्रार्थना गरिएको उक्त कार्यक्रममा अष्ट्रेलियामा १० हजार ऊँट मार्न लागिएकामा त्यसो नगर्न आग्रह गरिएको छ । केही महिना अगाडि त्यहाँ लागेको डढेलोका कारण ठूलो धनजनको क्षति पुगेको जनाइएको छ । सोही कार्यक्रममा मुलुकमा सुख, शान्ति तथा राष्ट्र कल्याणको कामना गर्दै सम्पूर्ण प्राणीको सुख, शान्ति र समृद्धिको कामनासमेत गरिएको छ ।

समितिले बौद्ध दर्शनको महत्वपूर्ण साहित्य प्रज्ञा पारमितालाई भोट भाषाबाट नेपालीमा अनुवादसमेत गर्न लागेको छ । समितिका अध्यक्ष टीका शेर्पाले करीब रु चार करोडको लागतमा सो साहित्य नेपालीमा अनुवाद सम्पन्न गरिने जानकारी दिए ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...