लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद

4.43K
shares

दमौली । तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले शुक्लागण्डकी नगरपालिका-४ बस्ने कृष्ण प्रजापतिलाई दुई वर्ष कैदको फैसला गरेको हो । साथै उनलाई रु एक लाख जरिवाना गर्ने फैसलासमेत भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

सोही मुद्दामा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका–४ बस्ने धतुरे भन्ने आशिष श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने प्रेम भन्ने सुरज थापा, वडा ४ बस्ने टाटे भन्ने प्रकाश परियार,वडा-३ बस्ने हरि माककाले भन्ने मार्क श्रेष्ठ र रुपन्देही सम्मरीमाई गाउँपालिका-७ बस्ने अजयकुमार यादवलाई रु दुई हजार जरीवानाको फैसला गरेको उनले बताए ।

साथै शुक्लागण्डकी नगरपालिका-३ बस्ने मेन्टल भाइ भन्ने विकास मगरले भने अदालतबाट सफाइ पाएका छन् । निजहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले गत वैशाख ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।


Mitsubishi Long Ad