उपाध्यक्ष सुवेदीद्वारा भलिबल, नेटसहित खेल सामग्री हस्तान्तरण

6.86K
shares

नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गर्नुभएको छ ।

फाइभस्टार क्लबका अध्यक्ष किरण केसीलाई शनिबार आयोजित कार्यक्रममा उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, यज्ञडोल (जगडोल) शहीद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभस्टार क्लबका अध्यक्ष केसी, वडा सदस्य जयराम महतलगायतका वक्ताले सुवेदीको सहयोगले भलिबलप्रेमीमा उत्साह थपेको बताउनुभयो ।

कोरोनाबाट बच्न भलिबललगायत खेललाई दैनिक जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो ।

सङ्घका उपाध्यक्ष सुवेदीले भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जोकोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँ लायन्स क्लब इन्टरनेशनलका पूर्वडिस्ट्रिक्ट गभर्नरसमेत हुनुहुन्छ ।

सुवेदी समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशकअघिदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083