नेपालको पहिलो भूउपग्रहको सफल प्रक्षेपण

14.2K
shares

काठमाडौं। नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ। नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो।

जापानको ‘बर्ड–३’ परियोजना अन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो। जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेकबाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरि रहेका हरिराम श्रेष्ठको पहलमा उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूउपग्रह कुरा ट्वीटरमा जानकारी गराउँदै अब नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको बताएका छन्। उनले लेखेका छन्, ‘यसको निर्माण देखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।’

उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ। नेपाली युवाले बनाएको भूउपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने बताइएको छ।
यसले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नुका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ।


divya collage
unigloble collage