‘विप्लव’को बन्दले जनजीवन प्रभावित
वि.सं.२०७६ वैशाख ५ बिहीवार ०९:०६
13.05K
shares
shares

काठमाडौं।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहीबार राजधानी सहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ।
राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन्।
आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो।
विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ।
सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो समूहमाथि तीब्र धरपकड जारी राखेको छ ।


















