भूमाफियाको विरोध गर्न पुगेका विवेकशीलका १७ जना पक्राउ

5.42K
shares

काठमाडौं । बालुवाटारको जग्गामा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना पक्राउ परेका छन्। दलका संयोजक उज्जल थापा सहित १७ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

भूमाफियाले प्रधानमन्त्री निवास र प्रधान्यायाधीश निवासलाई कब्जा गर्न खोजेको भन्दै उनीहरू नेपालको राष्ट्रिय झण्डा सहित बालुवाटार पुगेका थिए। सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संयोजक थापा, मिलन पाण्डे, अमृत विष्ट, रामजी पन्त, शशीविक्रम कार्की, रमेश सिलवाल, लक्ष्मण श्रेष्ठलगायत १७ जना रहेको पार्टी नेता मिलन पाण्डेले बताए। उनीहरूलाई प्रहरीले पानीपोखरी बिटमा राखेको छ।


divya collage
unigloble collage