उपत्यकामा चिनियाँ मगन्ते,पर्याटक बन्दै भित्रिए

Nepal Life Insurance Long Ad

काठमाडौं । उपत्यकाका सडक र सार्वजनिकस्थलमा नेपाली र भारतीय मगन्ते देखिनु भेटिनु नौलो होइन। केही समययता उपत्यकामा चिनियाँ मगन्ते समेत भेटिन थालेका छन्। आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

चिनियाँ गीत संगीत, सारङगी र अन्य वाद्यवादन बजाउँदै सुनाउँदै पैसा मागिरहेका अवस्थामा चिनियाँ भेटिने गरेका छन् । सर्वसाधारणको बाक्लो चहल–पहल हुने काठमाडौंको वसन्तपुर, रत्नपार्क, बालाजु, ललितपुरको जावलाखेललगायतका स्थानमा २ ३ जनाको समूह र कतै भने एक्लाएक्लै पनि पैसा संकलन गर्दै आएको पाइन्छ ।

मगन्ते हुलिया र शैलीमा देखिने भेटिनेहरू प्रायः अधवैंशे उमेर समूहका छन् । बिहीबार दिउँसो जावलाखेल चोकमा २ जना चिनियाँ महिला शिरमा लगाइने ह्याट फैलाउँदै सडक किनारामा आगन्तुकसँग पैसाका लागि अपिल गरिरहेको भेटिए। यस्तै शैलीमा करिब ६० वर्ष उमेर नाघेका झैं देखिने अर्का चिनियाँ नागरिक न्युरोड, जुद्ध शालिक र कहिलेकाहीं रत्नपार्क आसपासमा भेटिन्छन् ।

यसरी देखिने भेटिने चिनियाँको पासपोर्ट र सरकारी अभिलेखले उनीहरूलाई मगन्ते वा भिखारी भन्दैन, उनीहरू पर्यटक हुन् ।

पर्यटक भिसामा नेपाल आउनेहरू नै मगन्तेका रूपमा भेटिने गरेका र त्यस्ता नागरिकको गतिविधि गैरकानुनी भएको चिनियाँ पथ प्रदर्शक ध्रुव पौडेल बताउँछन् । ‘स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ काठमाडौं र पोखरामा समेत मगन्तेका रूपमा देखिने गरेका छन्, उनीहरू जुन प्रयोजनका लागि नेपाल आएका हुन्, त्योबाहेकको गतिविधिमा देखिनु गैरकानुनी कार्य हो’ उनले भने ।

एक दशकअघिदेखि चिनियाँ पथ पर्यटकको भूमिकामा रहनुभएका पौडेललाई प्रहरीले बेला मौकामा दोभाषेको भूमिकाका लागि सहयोग माग्ने गरेको छ। गत चैत २५ गते बालाजु प्रहरीले एक दृष्टिविहीन चिनियाँ महिला र उनका दाजुलाई बालाजु बाइपासबाट पैसा मागिरहेको अवस्थामा नियन्त्रणमा लिएपछि पौडेल सहजीकरणका लागि पुगेको थिए । उनले भने, ‘आफूलाई दाजु(बहिनी बताउने उनीहरूको साथ खानतलासी गर्दा केवल एक आरएमबी करिब २० रुपियाँ मात्रै फेला प¥यो, त्यस्ता पनि पर्यटक बनेर नेपाल भित्रिने गरेका छन्।’

पौडेलको अनुभवमा तिब्बतको ल्हासास्थित वाणिज्य दूतावासमा भिसा प्रक्रिया पूरा गरी रसुवागढी, कोदारी जस्ता स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ मगन्तेका रूपमा रहने गरेका छन्। नेपालले चिनियाँ नागरिकलाई न्यूनतम एक महिना र वर्षमा अधिकतम १ सय ५० दिनको पर्यटक भिसा उपलब्ध गराउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा नेपाल भ्रमण गर्ने चिनियाँलाई भिसा प्रक्रिया निःशुल्क गरेपछि स्थल नाका हुँदै नेपाल आउने चिनियाँको संख्या सुधार भएको बताए ।


वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

२०७७ चैत १४ शनिवार

इलाम : महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको...

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

२०७७ पुस ४ शनिवार

 नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार...

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

२०७७ पुस २ बिहीवार

काठमाडौँ । आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको...

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

काठमाडौँमा तत्काल स्कुल नखुल्ने

२०७७ पुस २ बिहीवार

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९...

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने नेकपाकाे तयारी

२०७७ पुस १ बुधवार

भ्रष्टाचार बढाएको र विधि–विधानको अपमान गरेको आरोपमा पार्टीभित्रै चर्को दबाब...

यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

२०७७ मंसिर २९ सोमवार

राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २...