रौतहटका सुकदेव महरालाई मन्दिरमा लागाइयो बन्देज, खै कसका लागि बन्यो बिभेद बिरुद्धको कनुन?

7.98K
shares

रौतहट । रौतहटको फतुवा विजयपुर न.पा. वडा नं ११ स्थित ब्रहम स्थान मन्दिरमा पुजा गर्न जाँदा चमार समुदायलाई त्यहाँका थारू समुदायले रोक लगाएका छन् । स्थानीय भठीरागी टोल निवासी सुकदेव महराले आफनो कुलदेवता शोखा महराजको पुजाको शुरूवात गर्न जाँदा आफलाई रोक लगाइएको र कुटपीट समेत गरिएको बताए ।

पीडित महरा चमार समुदायको रहेकोले नन्दलाल चौधरी, बजरंगी चौधरी, फिरत चौधरी, पासर चौधरी, हरिलाल चौधरी लगायत अन्य चौधरी समुदायहरूले दुर्ववहार, अपशब्द गालीगलौजी गरि राम माथि हातपात समेत गरेको पीडितले बताएका छन । मन्दिरमा पुजा रोक्न साथै युवाको ठुलो समुहमा राम समुदायको महिलाहरू माथि जबरदसती हातपात गरेका छन। सो विवाद पश्चात् चौधरीले यदि मन्दिरमा जबर्जस्ती गर्यो भने यो भन्दा ठूलो समाजिक सजाय दिने धमकी समेत नन्द लाल चौधरी र बजरंगी चौधरीले दिएको रामले बताएका छन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083