आजको पत्रपत्रिका : काँग्रेसभन्दा कम्युनिष्ट खर्चालु

6.81K
shares

काँग्रेसभन्दा कम्युनिष्ट खर्चालु

काठमाडौं । सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरू कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्धारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रष्ट हुन्छ ।

हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्याकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस वर्षको चियापानमा नेकपाको खर्च काँग्रेसको भन्दा चार गुणाले बढी देखिएको छ ।
अहिलेसम्म प्राप्त खर्च तथ्याङ्कअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपियाँ खर्च गरेको देखिएको छ ।

प्रहरी प्रशिक्षण स्थल सार्ने निर्णयको विरोध

काठमाडौँ । राष्ट्रपति निवास बढाउन महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयको पूर्वमहानिरीक्षक, पूर्वगृहसचिव, पूर्वगृहमन्त्रीलगायतले विरोध गरेका छन् । पूर्वमहानिरीक्षक खडगजित बरालले सरकारको निर्णय उचित नभएको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वगृहसचिव श्रीकान्त रेग्मीले पनि बरालको ‘स्टाटस’मा प्रतिक्रिया जनाउँदै प्रतिष्ठान सार्ने निर्णय उचित नभएको बताएका छन् ।

सुजाता निवासमा देउवाको आलोचना

काठमाडौं । गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ईतरका नेताहरु एकजुट हुन थालेका छन् । सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् ।

विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको भन्दै कांग्रेस भित्र किचलो शुरु भइरहेको बेला कांग्रेस नेतृ सुजाता कोइराला निवासमा कांग्रेसका भेला भै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका छन् । कोइराला निवासमा सोमबार भएको छलफलमा महामन्त्री डा.शसांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, डा रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीको उपस्थिति रहेको थियो ।

भेलामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो । सिटौला छठको कार्यक्रममा भाग लिन झापा जानु पर्ने भएकोले उपस्थित हुन सकेनन् । नेतृ सुजाता कोइरालाले आव्हान गरेको भेलामा उपस्थित नेताहरुले अब नियमित छलफल गरी सहमतिका साथ एकजुट भएर अघि बढ्ने सहमति गरेका थिए ।

डा शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए अनुसार सोमबारको भेलामा कांग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद, विधान संशोधनको विषय र महासमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाको बारेमा छलफल भएको थियो ।


Mitsubishi Long Ad