दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्सले १० दिन नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने

5.9K
shares

काठमाडौँ । नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा काठमाडौँमा दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्ससँग नेपालका युवा खेलाडीहरुले प्रशिक्षण लिदैछन्।

‘राइज अफ द क्रिकेटिङ स्टार्स विथ जोन्टी रोड्स’ नाम दिइएको उक्त हाइ परफरमेनस क्याम्पमा नेपालका यू-१६ र यू-१९ लेभलका खेलाडीहरुको सीप विकासको लागि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। रोड्स दक्षिण अफ्रिकाका पूर्व खेलाडी हुन भने इन्डियन प्रिमियर लिग मा मुम्बई इन्डियन्सको सहायक प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन्। उनी विश्व क्रिकेटकै उत्कृष्ट फिल्डर हुन्।

नेपाली खेलाडीको सीप विकास गर्न क्रिकेट विकास गर्नका लागि यस्तो खालको क्याम्प आयोजना गर्न लागिएको स्पोर्ट्स एडका निर्देशक अभिषेक घिमिरेले बताए। रोड्ससँगै वेष्ट इन्डिज र अफगानिस्तानको फिल्डिङ प्रशिक्षक रहिसकेका र्‍यान मारोनले पनि नेपाली खेलाढीलाई प्रशिक्षण दिनेछन्।

१० दिनको प्रशिक्षण कार्यक्रम कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। पहिलो पटक नेपाल आएका रोड्सले यस कार्यक्रमका लागि आफू उत्साहित रहको बताए। उनले यो १० दिनको कार्यक्रम मात्र नभएर यसलाई निरन्तरता दिदै जाने बताए।

नेपाली क्रिकेटको बारेमा कति जानकार हुनुहुन्छ भन्ने प्रश्नमा रोड्सले भने, ‘नेपालको यू-१९ टोली पहिल्यै देखि एकदमै बलियो छ। दक्षिण अफ्रिकालाई समेत हराएको थियो। तर त्यसपछि उनीहरुले निरन्तरता पाएनन् हामी त्यही खेलाडीहरुको सिपलाई निरन्तरता दिन यहाँ आएका हौँ।’ रोड्सले भने।

‘नेपालसँग बलियो यू-१९ खेलाडीहरु हुन्छन् क्षमता छ र तर निरन्तरता छैन’ फ्यासिलिटीहरु भएन। हामी त्यसैलाई निरन्तरता दिन चाहन्छौँ । युवा क्रिकेटरसँगै नेपालको सिनियर टिमका खेलाडीहरुको लागि समेत तीन चरणमा प्रशिक्षण कार्यक्रम राखिने आयोजकले जनाएको छ।

यस्तै प्रशिक्षण सुरु हुनुअघि भोली नेपालको प्रशिक्षकहरुको लागि पनि कोचिङ क्याम्प गर्ने आयोजकले जनाएको छ। स्पोर्ट्स एडका निर्देशक घिमिरेका अनुसार प्रशिक्षणका लागि अहिलेसम्म ४७ स्कुले टिम रजिस्टर गरिसकेका छन्। आयोजकले यो संख्या ८० पुग्ने अपेक्षा राखेको छ। रजिस्ट्रेसन फि ५० हजार रहेको छ। यस्तै आयोजकले महिला क्रिकेटरहरुलाई समेत प्रशिक्षणमा समावेश गरिने जनाएको छ।

प्रशिक्षणका लागि नाम रजिस्ट्रेसन गर्ने खेलाडीहरुले नेपाल क्रिकेट स्कुलमा एक वर्षको लागि निस्शुल्क प्रशिक्षणको व्यवस्था समेत गरिने जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083