श्रीलंकाको राजनीतिले लियो नयाँ मोड : राजपाक्षे द्धारा पार्टी परित्याग

4.91K
shares

एजेन्सी । श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे र अन्य ४४ राजनीतिज्ञले राष्ट्रपति मैत्रीपला सिरिसनाले नेतृत्व गरेको पार्टी छाडेका छन् । सिरिसेनाले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको दुई हप्तापछि राजापाक्षेले यो कदम उठाएका हुन् ।

सिरिसेनाले शुक्रबार राती श्रीलंकाको संसद भंग गर्दै जनवरी ५ मा आम निर्वाचन आहवान गरेका छन् । उनको यो कदमले श्रीलंकाको राजनीतिक संकट झन गहिरिने अनुमान गरिएको छ । दुई हप्ताअघि सिरिसनोले रनिल विक्रमासिंघेलाई अचानक प्रधानमन्त्री पदबाट बर्खास्त गरेर पूर्वराष्ट्रपति समेत रहेका राजपाक्षेलाई प्रधानमन्त्री बनाएपछि श्रीलंकामा तीव्र राजनतिक संघर्ष शुरु भएको छ ।

आइतबार राजापाक्षे र अन्य ४४ राजनीतिज्ञले सिरिसेनाको नेतृत्वमा रहेको मध्य–वामपन्थी पार्टी श्रीलंका फ्रिडम पार्टी परित्याग गरे । उनीहरु सोही दिन श्रीलंका पोदुजना पेरेमुना९एसएलपीपी०मा प्रवेश गरेका छन् । यो पार्टी सन् २०१६ मा राजपाक्षेका कान्छो भाई बसिल राजापाक्षेले स्थापना गरेका हुन् । बसिल पूर्वअर्थमन्त्री पनि हुन् ।

एसएलपीपीको स्रोतको अनुसार श्रीलंका फ्रिडम पार्टीका ८२ सांसदमध्ये ६५ जनाले नयाँ पार्टी प्रवेश गर्नेछन् । राजपाक्षेले पार्टी परित्याग गरेसँगै उनले श्रीलंका फ्रिडम पार्टीसँगको आफ्नो पचास वर्षे लामो नाता तोडेका छन् । महिन्दा राजपाक्षेका छोरा तथा राजनीतिज्ञ नमल राजपाक्षेले सिरिसेनाले विक्रमासिंघेको मध्य–दक्षिणपन्थी युनाइटेड नेसनल पार्टीसँग मिलेर गठबन्धन सरकार चलाउँदा श्रीलंका फ्रिडम पार्टीको नीतिलाई अनुसरण नगरेको आरोप लगाए ।

‘हामी सबैले उचित समयमा एसएलपीपी प्रवेश गर्ने निर्णय ग-यौं,’ नमलले भने । दुई वर्षअघि मात्र स्थापना भएको पार्टी एसएलपीपीले फेब्रुअरीमा भएको स्थानीय निर्वाचनमा भारी मत प्राप्त गरेको थियो । उक्त समयमा श्रीलंका फ्रिडम पार्टीमै रहेर राजापाक्षेले एसएलपीपी पार्टीलाई समर्थन गरेका थिए ।

राजपाक्षेले परित्याग गरेको श्रीलंका फ्रिडम पार्टीका संस्थापकहरु मध्ये उनका पिता आल्विन राजपाक्षे पनि एक थिए । यो पार्टीको स्थापना सन् १९५१ मा भएको हो । राजपाक्षे विगत पाच दशकदेखि उक्त पार्टीसँग जोडिएका थिए । राजपाक्षे र ठूलो संख्यामा सांसदको बहिरगमनले आगामी निर्वाचनमा राष्ट्रपति सिरिसेनालाइ असर पर्ने देखिन्छ ।


Mitsubishi Long Ad