आदेश आए १ महिनाभित्रै रेल गुड्छ : रेल विभाग

Nepal Life Insurance Long Ad

काठमाडौं ।

भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ। यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो।

‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ। आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौं।’ –उहाँले भन्नुभयो। विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ। रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपियाँ रकम विनियोजन गरिसकेको छ।

नेपालले आफ्नै लगानीमा रेल किनेर सञ्चालनमा ल्याउन लागेको हो। उक्त रेलको दुई महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ। विभागले डेढ महिनाभित्र नेपाल भित्याउने तयारी थालेको छ। उक्त रेल नेपालको राष्ट्रिय झण्डासहित रंग्याइएको छ। जसमा साधारण र व्यावसायिक गरी छुट्टाछुट्टै कक्ष राखिएको विभागले जनाएको छ।

डिजेलमार्फत चल्ने यस खालको रेलगाडी छोटो र मध्यम दूरीका लागि उत्तम मानिने डेमु (डिजेल इलेक्ट्रिफाई मल्टिपल युनिट) प्रविधिको हो। डिजल इन्धनबाट बिजुली उत्पादन गरी उत्पादित विद्युत्बाट चक्काहरूमा लागिएको ट्र्याक्सन मोटरहरूलाई इनराइज्ड गरी सञ्चालन हुने गर्दछ।

रेल सञ्चालनका लागि ऐन र कर्मचारी तत्काल आवश्यक रहेको महानिर्देशक मिश्रले बताउनुभयो। ऐनको रूप दिन रेल्वे विधेयक संसद्मा दर्ता भई छलफलको क्रममा रहेको छ।

त्यस्तै अब कर्मचारी नियुक्त गरी रेल ल्याएर सञ्चालन गर्न मात्रै बाँकी रहेको उहाँको भनाइ छ। यसका लागि विभागले केही दिनअघि अत्यावश्यक २६ जना कर्मचारी करारमा लिने गरी प्रक्रिया थालिसकेको छ।

तर रेल सञ्चालनका लागि २ सय बढी कर्मचारी आवश्यक रहेको विभागले जनाएको छ। चरणगत रूपमा कर्मचारी करारमा नियुक्त गरी रेल सेवा सञ्चालन गर्ने तयारी गरेको विभागका महानिर्देशक मिश्रले बताउनुभयो।
‘पहिलो चरणका लागि अति आवश्यक कर्मचारी भनेर २६ जना मागिएको हो’, उहाँले भन्नुभयो– ‘दोस्रो चरणका लागि केही दिनमै सूचना निकाल्छौँ।’नेपालले हाल सञ्चालन गर्न लागिएको रेल नेपालका लागि नयाँ रहेको छ। यसको सञ्चालनका लागि जनशक्ति नेपालसँग नभएको र व्यवस्थापन गर्नमा जोड दिइएको उहाँले बताउनुभयो।

रेल सञ्चालनका लागि संकेत, सञ्चार, रेलमार्ग मर्मत गर्नेदेखि सोको पाइलट र कोपाइलटजस्ता दक्ष जनशक्ति चाहिन्छ। यी जनशक्ति नेपालसँग छैन। दक्ष जनशक्ति नेपाली नागरिक नभए विदेशी दक्ष जनशक्ति नियुक्त गर्न सक्ने गरी मन्त्रिपरिषद्बाट समेत सैद्धान्तिक स्वीकृति पाइसकेको छ। भारतीय पक्षले रेलवे सञ्चालनका लागि सम्पूर्ण जनशक्ति उपलब्ध गराउने भने पनि त्यो लिन सक्ने अवस्थामा नेपाल नरहेको उहाँले बताउनुभयो।

‘जनशक्ति नलिने होइन लिने हो। त्यो पनि थोरै चाहिने मात्रै लिने, अरू नेपाली नै राख्ने। भारतले भनेको जस्तो सबैजना नियुक्त गर्न सकिँदैन’, विभागका महानिर्देशक मिश्रले बताउनुभयो। उहाँले भन्नुभयो– ‘भारतले भनेको जस्तो जनशक्ति पाल्न एक वर्षमै दुई रेल किनेको लागत बराबर खर्च गर्नुपर्ने हुन्छ। त्यो रेल्वे बोर्डले धान्ने कुरा भएन।’

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको रेल मार्गमा रेल सञ्चालन गर्न रेलगाडी खरिद भने नेपालले गर्नुपर्ने सम्झौतामा उल्लेख थियो।पहिल्यै सञ्चालनमा रहेको जयनगर–जनकपुरमा चलेको न्यारो ग्रेजको रेलमार्गलाई जनकपुरको कुर्था (३५ किमि) सम्म पु¥याई ब्रोडग्रेजमा स्तरोन्नति गरिएको हो।

यो समाचार आजको नेपाल समाचरपत्रमा सुरेश तामाङले लेखेका छन्।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

वैदेशिक रोजगारीले बढ्दै सम्बन्ध विच्छेद

२०७७ चैत १४ शनिवार

इलाम : महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

२०७७ पुस ४ शनिवार

 नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार...

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

अध्यादेश फिर्ता लिन यसरी बाध्य भए प्रधानमन्त्री ओली

२०७७ पुस २ बिहीवार

काठमाडौँ । आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको...