पशुपतिमा यसरी गरियो गाईपूजा (हेर्नुहोस् तस्बिरहरु)

Nepal Life Insurance Long Ad

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

आजै कूल परम्पराअनुसार गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ । त्यसैले कतिले आजै गाई पुजा गरेका छन् भने कतिले भने बिहिबार मात्रै गाइपूजा गर्नेछन् । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले बुधबार बिहान गाइपूजा गरेको छ । सडकमा खुलेआम छाडिएका गाई तथा गोरूको नियन्त्रणका लागि राखिने पशुपतिमा गाईपूजा गरिएको हो ।

 


जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

२०८२ जेठ १७ शनिवार

काठमाडौं   ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी...

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

२०८२ जेठ १६ शुक्रवार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसले बिद्यार्थी केन्द्रित...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

उपाध्यक्ष डा. लामाको पहलमा निर्माण सम्पन्न हुँदै हेलम्बुका गुम्बाहरु

उपाध्यक्ष डा. लामाको पहलमा निर्माण सम्पन्न हुँदै हेलम्बुका गुम्बाहरु

२०८२ जेठ ८ बिहीवार

हेलम्बु। गत सोमबार र मंगलबार  दुई दिन लुम्बिनी विकास कोषका...