हिउँले सेताम्मे ‘चन्द्रागिरि’ (फोटो फिचर)
वि.सं.२०७५ पुस २३ सोमवार १२:१४
5.86K
shares
shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ। देशभर मौसम बदली हुँदा काठमाडौंसहित कतिपय ठाउँमा वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगहरुमा हिमपात भएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ। काठमाडौं सहित केही ठाउँहरुमा दिनभर पानी पर्ने छ। पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद् शान्ति कँडेलले बताइन्।
उनले सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुने बताइन्। आज राति पनि मौसममा बदली हुने उनले जानकारी दिइन्। मंगलबारदेखि मौसम सुधार हुने उनले जानकारी दिइन्।

































