भ्रमण वर्ष सफल पार्न मध्यपहाडी लोकमार्गमा मोटरसाइकल यात्रा :रवीन्द्र काफ्ले

Nepal Life Insurance Long Ad

फिदिम।आजदेखि शुरु भएको नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न पाँचथरदेखि पुष्पलाल मध्यपहाडी लोकमार्गमा मोटरसाइकल यात्रा शुरु गरिएको छ । यहाँका विभिन्न क्षेत्रमा आबद्ध ११ जना युवाको संलग्नतामा मोटरसाइकल यात्रा शुरु भएको हो ।

आज पाँचथरको सदरमुकाम फिदिमबाट शुरु भएको मोटरसाइकल यात्रा मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु बैतडीको झुलाघाटमा पुगेर सम्पन्न हुनेछ । ‘नेपाल यात्रा २०७६’को टोली आज मध्यपहाडी लोकमार्गको शुरु विन्दू पाँचथरकै चिवाभञ्ज्याङमा पुग्ने छ । बिहीबार पुनः फिदिम हुँदै उक्त टोली यहाँबाट तेह्रथुम हुँदै पश्चिमतर्फ लाग्नेछ ।

उक्त टोलीका अगुवा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न मध्यपहाडी लोकमार्गको मोटरसाइकल यात्रा शुरु गरिएको जानकारी दिएका छन् । मध्यपहाडी लोकमार्गले छुने २३ वटा पहाडी जिल्लाका करिब २१५ बस्तीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायत समग्र पक्षको प्रचार गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको अगुवा नेम्वाङले बताए ।

यस्तै निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणको हालसम्मको अवस्था उजागर गर्ने तथा यस सडकले ल्याएको परिवर्तनको अध्ययन गर्ने उक्त टोलीको लक्ष्य छ । यसैगरी भ्रमणका क्रममा प्रदेश नं १ का पर्यटकीयस्थलहरुको प्रचार गर्दै प्रदेश नं १ को भ्रमणको निम्तो दिने, मध्यपहाडी जिल्लाहरुमा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान, प्रचार–प्रसार र सञ्चारमाध्यमबाट प्रकाशमा ल्याउन सहयोग गरिने भ्रमण टोलीमा रहनुभएका पत्रकार गिरिराज बाँस्कोटाले बताउए ।

भ्रमण टोलीले हरेक जिल्लाका सदरमुकाम तथा स्थानीय तहका केन्द्रहरुमा स्थानीय सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरेको छ । उक्त टोली नेकपाका प्रदेश कमिटी सदस्य नेम्वाङसहित पत्रकारहरु गिरिराज बाँस्कोटा, छवि चापागाईं र दीपक बोहोरा तथा युवा नेताहरु दीपक दुलाल, जलकुमार तामाङ, सुमन लामा, धनकुमार लावती, पवीन माखिम, रुपेन्द्र घिसिङ र तुलाराम रिमाल रहनुभएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग पाँचथरबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटमा पुगेर टुङ्गिएको छ । यस लोकमार्गको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको छ । छ वटा मोटरसाइकलमा हुने यो यात्रा नेपालकै पहिलो भएको भ्रमण टोलीको दाबी छ ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...