नेकपा अध्यक्ष ‘प्रचण्ड’ सोमबार अमेरिका जाँदै
वि.सं.२०७५ चैत १ शुक्रवार १५:५३
10.27K
shares
shares

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ((नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत्र ४ गते अमेरिका जाने भएका छन्।
अध्यक्ष प्रचण्ड मार्च १८ तारिख (चैत्र ४) मा अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ। पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका जान लागेका हुन्।




























