यस्ता छन् उर्जामन्त्री बर्षमान पुनका एक बर्षका मुख्य उपलब्धीहरु
वि.सं.२०७५ चैत ४ सोमवार १८:०६
7.9K
shares
shares

काठमाडौं । मन्त्रालय सम्हालेको १ बर्ष पुगेको अवसरमा उर्जा, सिञ्चाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले आफूले गरेको प्रगति विवरण सार्वजनिक गरेका छन्। यस्ता छन् मन्त्री पुनले १ बर्षको अवधिमा हासिल गरेका सफलताहरु:१) समृद्ध नेपाल, सुखी नेपाली अभियानको प्रभावकारी कार्यान्वयन गर्न २०७५-८५ को अवधिलाई ऊर्जा तथा जलस्रोत दशकको रुपमा मनाउने गरी यस क्षेत्रको समग्र विकासको लागि भावी मार्गचित्र (श्वेतपत्र) जारी गरी कार्यान्वयनमा ल्याइएको।२) विद्युत नियमन आयोग ऐन, २०७४ को अधिकार प्रयोग गरी विद्युत नियमन आयोग नियमावली, २०७५ तयार पारिएको।३) एकीकृत राष्ट्रिय जलस्रोत नीति निर्माण गरी कार्यान्वयनका लागि कानूनी तथा संरचनागत व्यवस्था गर्न एकीकृत जलस्रोत नीति तर्जुमाको मस्यौदा प्रतिवेदन तयार गरिएको।४) नवीकरणीय ऊर्जा क्षेत्रमा हासिल गरिएका उपलब्धिलाई संस्थागत गरी यस क्षेत्रको दीगो विकास र विस्तारका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रको विधेयक, २०७५ को मस्यौदा तयार पारिएको।
५) राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आएको।६) नेपालको प्रसारण लाइन विकास गुरुयोजना २०४० तयार गरिएको। उक्त गुरुयोजनामा २०४० सम्मको ३९ गिगावाट बिद्युत उत्पादन र १९ गिगावाट विद्युतीय भारलाई ध्यानमा राखी ४०० के.भी. ३१९२ कि.मि., २२० के.भी. – ११६० कि.मि. तथा १३२ के.भी.– २५१५ कि.मि. गरी जम्मा ६८६७ किलोमिटर प्रसारण लाइनको लागि ३ खर्ब ७७ अर्ब लागत सहितको प्रस्ताव गरिएको छ। साथै ४००/१३२ के.भि. – २९ सवस्टेशन, ४००/२२० र १३२ के.भि. – ११ सवस्टेशन, २२०/१३२ के.भी. – १९ सवस्टेशन तथा १३२ के.भि.– ४४ सबस्टेशन गरी जम्मा १०३ वटा सवस्टेशनहरुको लागि २ खर्ब २७ अर्ब लागत सहित प्रस्ताव गरिएको।७)नेपाल–चीनबीच पावर ग्रीड ईन्टरकनेक्सन सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न नेपाल विद्युत प्राधिकरण र स्टेट ग्रीड कर्पोरेशन अफ चाईनाबीच २० जुन २०१८ मा समझदारी भई ४०० किलोभोल्ट केरुङ्ग-रसुवागढी प्रसारण लाईनको सम्भाव्यता अध्ययन गर्न गठित संयुक्त प्राविधिक टोलीले २८-३० अगष्ट २०१८ मा छलफल गरी अध्ययन कार्य शुरू।८) नेपाल र बंगलादेशबीच विद्युत उत्पादन, ग्रीड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युतको विकासबाट हुने पारस्परिक द्विपक्षीय हितलाई क्षेत्रीय हितमा रुपान्तरण गर्न; विद्युत क्षेत्रमा सहकार्य तथा लगानी गर्न १० अगष्ट २०१८ मा ऊर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धी समझदारी सम्पन्न।९) विमिस्टेक क्षेत्रमा ग्रीड आवद्धता र विद्युत व्यापार क्षेत्रमा सम्बन्धितहरुबीच सहकार्य गर्न ३०–३१ अगस्ट २०१८ मा काठमाडौंमा सम्पन्न चौँथो बिमस्टेक सम्मेलनको दौरानमा सहभागी देशहरुबीच ग्रीड इन्टरकनेक्सन स्थापना सम्बन्धी समझदारी।१०) गत वर्ष ने.रु. २६ अर्ब १७ करोड ३० लाख ४३ हजार विद्युत महसुल संकलन भएकोमा यस अवधिमा ने.रु. ३० अर्ब ०५ करोड ५१ लाख ४६ हजार संकलन भएको।११) कूल ग्राहक संख्या गत वर्ष ३८,३२,०४३ रहेकोमा यस अवधिमा ३,०२,५८८ ग्राहक संख्याले वृद्धि भई हाल ४१,३४,६०१ रहेको छ।१२) साउन देखि सुरु हटलाईनमा मन्त्री कार्यक्रमबाट हालसम्म १ सय ९८ वटा प्रत्यक्ष गुनासो र सामाजिक सञ्जाल मार्फत प्राप्त हजारौँ गुनासाको तत्काल सम्वोधन।१३) १ हजार ७ सय ३४.७५ मेगावाट क्षमताको ८९ वटा जलबिद्युत आयोजनाहरु विद्युत खरिद बिक्री सम्झौता सम्पन्न।१४) विद्युत विकास विभाग अन्तर्गत ४ हजार ४ सय १ मेगावाट ३४ वटा आयोजनाहरुको सम्भाव्यता तथा वातावरणीय अध्ययन कार्य चालू रहेको। ९ वटा आयोजनाहरुको अध्ययन कार्य अन्तिम चरण पुगी यसै आ.व.भित्र र १४ वटा आयोजनाहरु आ.व. २०७६.७७ भित्र सम्पन्न हुने।१५) यो अवधिमा ४०० के.भी. को १ वटा आयोजनाको जम्मा २१७ कि.मि., २२० के.भी. को २ वटा आयोजनाको जम्मा ८२ कि.मि., १३२ के.भी. को ७ वटा आयोजनाको जम्मा १७३ कि.मि., ६६ के.भी. को १ वटा आयोजनाको जम्मा ५ कि.मि. तथा ३३ के.भी. को ८ वटा आयोजनाको जम्मा १३३ कि.मि. प्रसारण लाइनको निर्माण अनुमतिपत्रहरु जारी भएको।हालसम्म ४०० के.भी. को ४ वटा आयोजनाको जम्मा ६४१ कि.मि., २२० के.भी. को १४ वटा आयोजनाको जम्मा ९११ कि.मि., १३२ के.भी. को ५३ वटा आयोजनाको जम्मा १,२७५ कि.मि., ६६ के.भी. को ५ वटा आयोजनाको जम्मा २१ कि.मि., ३३ के.भी. को ३६ वटा आयोजनाको जम्मा २०५ कि.मि.को प्रसारण लाइनको निर्माण अनुमतिपत्रहरु जारी।१६) यो अवधिमा २ हजार ८ सय ८२ मेगावाट क्षमताका २५ वटा जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन अनुमतिपत्र जारी भई हालसम्म कूल ७ हजार ४ सय ९० मेगावाट क्षमताका १ सय ७४ वटा जलविद्युत आयोजनाहरु निर्माणको विभिन्न चरणमा रहेको।१७) स्याउले सवस्टेशन (१३२ के.भी. ३० एम.भि.ए.), पहलवानपुर सवस्टेशन (१३२ के.भी. ३० एम.भि.ए.),भुरिगाउ सवस्टेशन (१३२ के.भी. ३० एम.भि.ए.), हापुरे सवस्टेशन (१३२के.भी. ३० एम.भि.ए.) निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । त्यसै गरी लम्की पहलवानपुर १३२ के.भी. प्रसारण लाइन खण्ड तथा मध्य मस्र्याङ्दी-डुम्रे दमौली १३२ के.भी. डबल सर्किट प्रसारण लाइनहरुको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्।१८) ढल्केबर-मुजफ्फरपुर ४०० के.भी. क्रसबोर्डर प्रशारण लाईनको ढल्केबर सवस्टेशन अन्तर्गत मुजफ्फरपुर २२० के.भी.मा चार्ज गरी आवश्यकता अनुसार २४० मेगावाटसम्म विद्युत आपूर्ति गर्न सकिने गरी क्षमता विस्तार भएको।१९) रसुवा जिल्लामा अवस्थित साञ्जेन जलविद्युत आयोजनाको यस अवधिमा २४% ले भौतिक प्रगति भइ कूल प्रगति ७०% भएको छ। यस अन्तर्गत पूर्वाधार निर्माण १००%, सिभिल निर्माण कार्य ७०%, इलेक्ट्रोमेकानिकल कार्य ५९% र हाइड्रोमेकानिकल कार्य ५५% प्रगति भएको।२०) नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी नाराका साथ जनताको जलविद्युत कार्यक्रम घोषणा गरी प्रधानमन्त्री केपी ओलीबाट २०७५ साल फागुन २ गते कार्यक्रमको शुभारम्भ।कार्यक्रमबाट हिमाल, पहाड, तराई-मधेशका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्ने। यसका लागि राष्ट्रिय महत्वका आकर्षक र नाफामूलक १९ वटा जलविद्युत आयोजनाहरुको छनौट गरिएको।अन्तत : मन्त्री पुनले २०७४ साल चैत्र ३ गते मन्त्रालयमा पदभार ग्रहण गरेका थिए।













