‘पार्टी एकता आकस्मिक रूपमा टुंगिन्छ’ : प्रधानमन्त्री ओली

5.94K
shares

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई विश्वंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आउन सरकारले आग्रह गर्दा केही व्यक्तिहरूको चित्त दुखेको बताएका छन। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरूसित कुरा गर्दै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारले आग्रह गरेको पनि जानकारी दिए।

सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए। ‘तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैनु, प्रधानमन्त्रीको भनाइ थियो, ‘विप्लवलाई त्यसो नगर्नु भन्दा विप्लवसँग असम्बन्धित अरुले चित्त दुखाएका पनि छन्, यो चित्तदुखाई देशका हितमा छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता आकस्मिक रूपमा टुंगिने बताए। नेकपाको स्थानीय तहको एकता आकस्मिकरूपमा टुंगिने उनको दाबी थियो। ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणा जस्ता नेकपाका धेरै महत्वपूर्ण काम पनि आकस्मिकरूपमा टुंगिएका छन्’, ओलीले भने, ‘स्थानीय तहका एकता पनि आकस्मिक रूपमा नै टुंगिने छ।’

प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन भएपछि पर्यटकको उल्लेखनीय आगमन हुने विश्वास व्यक्त गरेका थिए। प्रधानमन्त्रीले विमानस्थलको निरीक्षण पनि गरे र काम छिटो सक्न निर्देशन दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083