माथिल्लो तामाकोशीको ४५६ मेगावाट मंसिर भित्रै थपिन्छ : ऊर्जा मन्त्री पुन

6.84K
shares

दोलखा। उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्। उर्जा मन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधिन ४५६ मेगावाट क्षमताभएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको वारेमा जानकारी लिन शुक्रवार सांझ दोलखा पुगेका हुन्।

मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनालाई समयमै ल्याउन पहल गर्दै आएका छन्। उनले शनिवार विहान आयोजनाको बांधस्थल,सुरु¨, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिए। मन्त्री पुनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताएका थिए। उनले आयोजनाको अनुगमन,निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागि आफु प्राधिकरण र आयोजनाका उच्चपदस्थ अधिकारीसहित फिल्डमै आएको बताए।

Image may contain: 5 people, people smiling, people standing and outdoor

मन्त्री पुनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसंग समेत आयोजनाको प्रगतीको वारेमा जानकारी लिए। मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण ओलीसहित आयोजना स्थल पुगेका हुन्। उनले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनु पर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिए।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गतवर्ष दोलखा पुगेको थियो उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमै ल्याउन आफु गम्भिरतापूर्वक लागिरहेको बताए। यस अघि आयोजनामा समस्या देखिएपछि उनले उर्जामन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधीसंग छलफल गरेर आयोजना तोकिएको समयमै ल्याउन निर्देशन दिएका थिए। मन्त्रीपुनले आयोजनाको काम अघि नबढे ठेक्का समेत तोड्ने चेतावनी समेत दिएका थिए।

Image may contain: mountain, sky, outdoor and nature

उर्जा मन्त्री पुनले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिर भित्र सम्पन्न हुने विश्वास व्यक्त गरे। आयोजना स्थलको निरिक्षण भ्रमण सम्पन्न गरि सके पछि संचारकर्मीसंग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिका भित्रै सम्पन्न हुने दावी गरे। ‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भिर चांसो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिका भित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु।’मन्त्रीपुनले भने।

Image may contain: 5 people, outdoor

उनले नेपालीले ठुला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठुला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणा समेत राखे। मन्त्री पुनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागी नमुना योग्य र महत्वपूर्ण भएको बताए।

Image may contain: mountain, outdoor, nature and water

‘केही समय अघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनाई दिएका छौ, अहिले काम अघि बढि रहेको छ। त्यसैले पनि आगामी मंसिरसम्म सवै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु। ’ उनले भने – आफुले आयोजना प्रमुख देखी कार्यकारी निर्देशक राखेर सुरुदेखी नै तालिका अनुसार काम हुनुपर्ने धारणा राखेको मन्त्री पुनको भनाई थियो। ठुला आयोजनामा कहिले कांही समस्या आउने भए पनि तालिका अनुसार नैै काम हुने मन्त्री पुनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083