गरिब किसानको सरकार हो की होइन : सांसद पन्थ

7.44K
shares

काठमाडौं । उखु किसानको आन्दोलनमा सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । सरकारले बेवास्ता गरिरहे उखु किसानको आन्दोलनमा सहभागी हुने चेतावनी समेत उनीहरुले दिए ।

राष्ट्रिसभाको बुधबारको बैठकमा बोल्दै उनीहरुले सरकार गरिब किसानको हो कि होइन भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले उखु किसानको समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरे । सरकारको नीति किसानमारा देखिएको टिप्पणी गर्दै उनले भने, ‘कहिले दूध पोख्नुपरेको छ, कहिले तरकारी बारीमा डोजर लगाउनु परेको छ । उखु किसानहरुले भुक्तानी पाउन सकेका छैनन् । उखु किसानहरुको समर्थनमा माइतीघर जान नपरोस् ।’

वास्तविक किसानले पाउने अनुदान विचौलियाले खाइदिएको बताउँदै सांसद पन्थले भने, ‘उद्योगहरुले व्याजसहित भुक्तानी गरुन् । व्यावसायिक समस्याहरुको हल गर्नतर्फ सरकार जावस् ।’ मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी परियोजना, सीमा विवाद र नेपाल ट्रष्टको जग्गा सस्तो मूल्यमा भाडामा दिइएको विषयमा सरकारले सदनलाई जवाफ दिनुपर्ने पनि उनले बताए ।

अर्की सांसद अनिता देवकोटाले सरकार उखु किसानको समस्याप्रति किन मौन बसेको भन्दै प्रश्न गरिन् । ‘सरकार कसको हो गरिब किसानको हो की होइन श्रमिकहरुको हो की होइन उनले भनिन्, ‘तत्काल सरकारले उखु किसानको भुक्तानी दिलाएर उनीहरुका माग पूरा गरोस् ।’उनले विप्लव समूहसँग तत्काल वार्ता गर्न र सीमा विवाद समाधान गर्न सुझाव समेत दिइन् ।

अर्का सांसद शेरबहादुर कुँवरले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयमा शीर्ष नेता र मन्त्रीहरुको फरक–फरक धारणा आइरहेको भन्दै आधिकारिक धारणा ल्याउन माग गरे । ‘शीर्ष नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भने पारित हुँदैने, मन्त्रीले पारित हुन्छ–हुन्छ भन्ने बताए । त्यसलाई स्वीकार गर्ने की नगर्ने भन्ने सरकारले स्पष्ट पारेका छन् ।’

राष्ट्रियसभाका अर्का सदस्य रमेश प्रसाद यादवले उखु किसानहरुलाई भुक्तानी दिलाउन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तत्काल सुरु गर्न माग गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083