गरिब किसानको सरकार हो की होइन : सांसद पन्थ

Nepal Life Insurance Long Ad

काठमाडौं । उखु किसानको आन्दोलनमा सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । सरकारले बेवास्ता गरिरहे उखु किसानको आन्दोलनमा सहभागी हुने चेतावनी समेत उनीहरुले दिए ।

राष्ट्रिसभाको बुधबारको बैठकमा बोल्दै उनीहरुले सरकार गरिब किसानको हो कि होइन भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले उखु किसानको समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरे । सरकारको नीति किसानमारा देखिएको टिप्पणी गर्दै उनले भने, ‘कहिले दूध पोख्नुपरेको छ, कहिले तरकारी बारीमा डोजर लगाउनु परेको छ । उखु किसानहरुले भुक्तानी पाउन सकेका छैनन् । उखु किसानहरुको समर्थनमा माइतीघर जान नपरोस् ।’

वास्तविक किसानले पाउने अनुदान विचौलियाले खाइदिएको बताउँदै सांसद पन्थले भने, ‘उद्योगहरुले व्याजसहित भुक्तानी गरुन् । व्यावसायिक समस्याहरुको हल गर्नतर्फ सरकार जावस् ।’ मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी परियोजना, सीमा विवाद र नेपाल ट्रष्टको जग्गा सस्तो मूल्यमा भाडामा दिइएको विषयमा सरकारले सदनलाई जवाफ दिनुपर्ने पनि उनले बताए ।

अर्की सांसद अनिता देवकोटाले सरकार उखु किसानको समस्याप्रति किन मौन बसेको भन्दै प्रश्न गरिन् । ‘सरकार कसको हो गरिब किसानको हो की होइन श्रमिकहरुको हो की होइन उनले भनिन्, ‘तत्काल सरकारले उखु किसानको भुक्तानी दिलाएर उनीहरुका माग पूरा गरोस् ।’उनले विप्लव समूहसँग तत्काल वार्ता गर्न र सीमा विवाद समाधान गर्न सुझाव समेत दिइन् ।

अर्का सांसद शेरबहादुर कुँवरले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयमा शीर्ष नेता र मन्त्रीहरुको फरक–फरक धारणा आइरहेको भन्दै आधिकारिक धारणा ल्याउन माग गरे । ‘शीर्ष नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भने पारित हुँदैने, मन्त्रीले पारित हुन्छ–हुन्छ भन्ने बताए । त्यसलाई स्वीकार गर्ने की नगर्ने भन्ने सरकारले स्पष्ट पारेका छन् ।’

राष्ट्रियसभाका अर्का सदस्य रमेश प्रसाद यादवले उखु किसानहरुलाई भुक्तानी दिलाउन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तत्काल सुरु गर्न माग गरे ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...