प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव

11.66K
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।

स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।

राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन्।

पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागेका थिए। वामदेवले भने अहिलेसम्म आफ्नो कित्ता क्लियर गरेका छैनन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083