संसद विघन बिरुद्ध जन-आन्दोलन झल्काउने विशाल विरोध प्रदर्शन हुँदै

17.91K
shares

काठमाडौं । प्रतिनिधिसभा विघटनको बिरोधमा यति बेला केपी शर्मा ओली बिरुद्ध देश भरी नै बृहत आन्दोलन भई रहेको छ । यहि बेलामा प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्डमाधव समूहको जनवर्गिय संगठनले काठमाडौंमा जन आन्दोलन झल्काउने विशाल शक्ति प्रदर्शन गर्न लागेको छ ।

संसद विघटनको प्रतिगामी कदम विरुद्ध नेकपा (बहुमत) निकट जनसांस्कृतिक महासंघ, नेपालले सांस्कृतिक प्रतिरोध कार्यक्रम आयोजना गरेको छ । आज दिउसो १ बजे नयाँ बानेश्वरमा उक्त कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रतिगमन बिरुध्द वृहत श्रृजनात्मक एक्यबध्दताका लागि सम्पूर्ण श्रृजनशील एवं सामाजिक व्यक्तित्वहरुका विविध सांस्कृतिक प्रस्तुती र मन्तव्यका साथ महिला, युवा मज्दुर विद्यार्थी लगाएत आम जनसमुदायलाई एभरेष्ट होटल अगाडी निमन्त्रना गरिएको महासंघका अध्यक्ष सरल सहयात्री बताए ।

कार्यक्रममा सम्बोधन गर्न नेकपाका नेताहरु भिम रावल, पम्फा भुषाल तथा श्रष्टाहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, नारायण ढकाल, युग पाठक, विप्लव प्रतिक, भुपाल राई, श्रवन मुकारुङ्ग, प्रकाश विकल्प, विनोद बिक्रम, केवल बिनाबी, बलराम तिमल्सिना, अर्जुन पराजुली, केशव सिलवाल लगायत सहभागी हुने छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083