पछिल्लो ४ दिनमा सुनको मूल्य ३ हजार बढीले घट्यो, आज कति छ ?

7.83K
shares

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । पछिल्लो ४ दिनमा सुनको मूल्य ३ हजार २ सयले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ८ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार ७ सय रुपैयाँमा रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।