बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

9.96K
shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाडौं महानगरपालिका प्रमुखले भन्न मिल्छ भन्ने प्रश्न गरेका छन्।

सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा र सामाजिक सञ्जालबाट भनेको बताए।

‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैनरु तपाईंहरूलाई के लाग्छरु,’ उनले भने, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैनरु’

मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गरेका थिए। उनले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोपसमेत लगाएका छन्।

तर गृहमन्त्री श्रेष्ठले संविधानअनुसार स्थानीय र प्रदेश सरकारसँग संघीय सरकारले समन्वय गर्न प्रतिवद्ध रहेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083