नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने सरकारको निर्णय

4.86K
shares

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्ज निजी क्षेत्रलाई दिने गरी कानुन बनाउन तयारी गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083