संसदमा प्रधानमन्त्रीको प्रस्ताव : राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरौं

3.76K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।

पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने बताए ।

२०७२ मा विनाशकारी भूकम्प गएपछि प्रतिपक्षमा रहेको आफ्नो दलले सरकारलाई सहयोग गरेको र अहिले पनि संसदीय समिति गठन, संवैधानिक परिषद्का विषयमा आफूले सक्दो लचकता देखाएको उनले दाबी गरे ।

‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले अगाडि भने, सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083