‘युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता’ : प्रधानमन्त्री प्रचण्ड

4.59K
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले  शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै यस्तो बताएका हुन् । उनले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै अपेक्षित सफलता हासिल गर्नसक्ने बताए ।

‘नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य कलालाई साहित्य चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै हामीले अपेक्षित सफलता हासिल गर्न सक्नेछौँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सिमित हुनु हुँदैन । यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै अब पुग्ने स्थिति पनि छैन ।’

May be an image of 5 people, dais and text that says 'नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव- -२०1० २०1० असार ९ गते शनिदार प्रझ्ञा भवन, काठमाडी'

उनले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सिमित हुन नहुने बताए । उनले सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी रहेको बताए ।

‘आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ । सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी छ’ उनले भने, ‘परिणामतः नेपाली समाजका सुक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामी जस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तर आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता हो ।’ प्रधानमन्त्री दाहालले आजको युगिन सभ्यतालाई संस्थागत गर्न सरकारले नयाँ प्रज्ञा परिषद् तथा प्राज्ञ सभाको गठन गरेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083