लुम्बिनी मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामाबीच भेटवार्त सम्पन्न

11.74K
shares

लुम्बिनी । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा बीच भेटवार्ता सम्पन्न भएको छ।लुम्बिनी होक्के होटलमा करिब एक घन्टाको भेटवार्तामा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएकोमा चिन्ता व्यक्त गर्दै गुरु योजनाको लक्ष्य यथाशीघ्र पूरा गर्न विशेष छलफल भएको हो।

यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार एक्यवद्ध रहेको समेत भेटमा मुख्य मन्त्री चौधरीले जनाएका छन् ।

लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा मुख्य मन्त्री चौधरीलाई जानकारी गराएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083