उपाध्यक्ष डा.लामाको सक्रियता: ‘काम गरेर अन्तरास्ट्रिय रुपमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रमको अन्त्य गर्छु!’

23.53K
shares

लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी तिलौराकोट लगायतको क्षेत्रहरूको संरक्षण तथा सम्बर्द्धनको लागी महत्त्वपूर्ण सक्रियता देखाउनु भएको छ।

गौतम बुद्धले लुम्बिनीमा जन्मलिएर २९ वर्ष बिताएको तिलौराकोट भारतमा रहेको भ्रम हाम्रै सक्रियता, ज्ञान, अध्यान, पुरातत्वको उत्खननको अभावले भएको बताएका हुन् । सांस्कृतिकरुपमा भारतको अर्थ समथर भु-भाग रहेको हुँदा बंगलादेश देखिको नेपाल सम्मको समथर भु-भाग विभिन्न ग्रहन्थहरुमा सांस्कृतिकरुपमा भारत उल्लेख भएको हुँदा यो बुद्धको जन्म बारे भ्रम सिर्जना भएको समेत प्रष्ट पारेका हुन् । उक्त अन्तरास्ट्रिय रुपमा रहेको उक्त भ्रमको अन्त्य आफ्नै कार्यकालमा गर्ने समेत उद्गोष गरेका हुन् ।

तिलौराकोटमा बुद्धले बाल्यकाल बिताएको भूमि भएको र करिब २५ सय वर्षअघिको गणराज्य भएको हुदा यहाँको उत्खनन आवश्यक रहेको बताएका हुन् । उहाँले नेपाल आर्मी गोरुसिङ्गेका प्रमुख कर्नेल दिलिप घले, कपिलवस्तु वडा-३ का वडा अध्यक्ष प्रकाश गैरे लगायत सग तिलौराकोटको संरक्षण तथा सम्बर्द्धनको निम्ति छलफल तथा स्थानीय स्तर बाट हुने सहयोग माग गरेका हुन।

तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन्। ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन्। यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ। यही नै यसको प्रमुख आकर्षण हो। तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीमा समेत रहेको छ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083