‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सफल बनाउँदै युवा नेता भुषाल !

संगठनलाई चलायमान बनाउँन नेता भुषालको सक्रियता

Nepal Life Insurance Long Ad

काठमाण्डौ । अखिल क्रान्तिकारीका बरिष्ठ केन्द्रीय उपाध्यक्ष एवम् माओबादी केन्द्रका केन्द्रीय सदस्य ईन्द्र भुषाल लोकप्रिय युवा नेता हुन् । उनी लामो समयदेखी प्रत्यक्ष जनतासंग जोडिएका छन् । लोकप्रिय छवि बनाएका भुषाल जनतालाई समस्या पर्दा सबैभन्दा अघि देखिन्छन् । अग्रमोर्चामा खटिएर नेतृत्व दिने गर्छन् । उनले भुकम्प, पहिरोदेखि कोरोना कहरसम्म अग्रमोर्चामा खटिएर जनताको सेवा गरेको कसैले भुलेका छैनन् ।

जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान सफल पार्न युवा नेता ईन्द्र भुषाल यतिबेला बागमती प्रदेश अन्तर्गत काठमाडौ जिल्लामा खटिएका छन्। आफ्ना अगाडिका सानातिना खाल्डाखुल्डी पुर्न महानगर नकुरौ भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा अवस्थीत सडकमा भएका खाल्डाहरु पुर्न उनी आफै लागि परेका हुन् ।

May be an image of 2 people

तीन महिने रुपान्तरण अभियानलाई सफल बनाउने दाबी गर्दै मुख्यगरी भुषालले उपत्यकाको शून्य अवस्थामा पुगेको संगठन ब्युँताउने लक्ष्य लिएका छन्। पछिल्लो समय शहरी इलाकाको संगठनलाई चलायमान गराउन नेता भुषालको सक्रियता बढेको छ।

संगठन त्यसै बन्दैन, जनतालाई विश्वास दिलाउनु पर्छ उनीहरुको मनमा पार्टीप्रति सकारात्मक छाप राख्न सके मात्रै संगठन चलायमान हुने कुरा युवा नेता भुषाल बताउँछन् ।

उपत्यकामा माओवादी पार्टी सदस्यको संख्या, स्थानीय निर्वाचनमा उपस्थिति संघ, प्रदेश निर्वाचन परिणाम लगायतका विवरण लिएर नयाँ संगठन निर्माणको खाका बनाउन उनी केन्द्रित छन्।

२०७९ वैशाख ३०मा सम्पन्न स्थानीय चुनाव र मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्र उपत्यकामा कमजोर बनेको छ।

May be an image of 12 people

May be an image of 7 people, people studying and table

May be an image of 6 people

११ भदौ २०८०, सोमवार ०८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु