अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको अध्यक्षमा सम्झना राई निर्वाचित
वि.सं.२०८० भदौ ३० शनिवार २०:१६
shares

काठमाडौ । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस ईकाई समितिको अध्यक्षमा सम्झना राई निर्वाचित भएकी छिन्। सम्झना राई नेतृत्वको ४५ सदस्यीय कमिटी निर्वाचित गरि १० अाै इकाई सम्मेलन भव्यताका साथ सम्पन्न भएकाे हाे।
अखिल( क्रान्तिकारी ) केन्द्रिय अध्यक्ष पञ्चा सिंहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगठनका अध्यक्ष पञ्चा सिंहले इकाई समितिलाई सम्मेलनको शुभकामना व्यक्त गरेकी हुन्। त्यसै गरि केन्द्रिय उपाध्यक्ष इन्द्र भुषालको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष इन्द्र भुसालले इकाई समितिलाई सम्मेलनको बन्द शत्रकाे शुभकामना व्यक्त गरेका थिए।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियुकाे निर्वाचनमा देश भरिबाट ८३ सिट जितेर अनेरास्ववियू क्रान्तिकारीले बर्चस्व कायम गरेकाे उल्लेख गर्दै अब अाउदाे स्ववियु निर्वाचनमा पहिलाे नम्बरमा अखिल क्रान्तिकारी हुनु पर्ने अध्यक्ष सिंहले बताईन् ।
विद्यार्थी संगठनले सरकारले गरेका सकारात्मक कामको समर्थन र विद्यार्थी तथा आम जनताको अहित हुने कामको सधै बिपक्ष वा प्रतिपक्षमा रहेर भण्डाफोर गर्दै खवदारी गर्न समेत अध्यक्ष सिंहले जोड गरेकी छिन्।
जनयुद्धको समयमा त्याग, तपस्या, बलिदान जिवन्त संगठन भएको कारण पनि आम विद्यार्थीहरुलाई क्रान्तिकारी हुन गोलबन्ध हुन आग्रह गरेकी छिन् ।

अखिल (क्रान्तिकारी) को आफ्नै गौरव गर्न लायक इतिहास भएकाे बताउदै उक्त कार्यक्रमकाे विशेष अतिथि भुषालले अरु संगठन भन्दा अखिल क्रान्तिकारी फरक एवम् रचनात्मक संगठन भएकाे बताए । १० बर्से जनयुद्धकाे उपलब्धिले नै मुलुकमा गणतन्त्र अाएकाे बताउदै अब देशकाे बिकास गर्ने माअाेबादी पार्टी नै भएकाे युवा नेता भुषालले बताए। अहिले सरकारले भ्रष्टाचार बिरुद्ध शुरु गरेकाे अभियानमा साथ सहयाेग गर्दै संगठन बलियाे बनाउन अाम विद्यार्थीहरुलाई अपिल समेत गरेका थिए ।
विद्यार्थी नेता वेनोज अधिकारी सम्मका नेपाली विद्यार्थी आन्दोलनको इतिहास अध्ययन गर्दा पनि विद्यार्थीहरु सधै प्रतिपक्षकाे भुमिकामा रहेको बताउदै क्याम्पसकाे ज्यादती विरुद्ध अखिल(क्रान्तिकारी) सधै प्रतिपक्षकाे भुमिका निर्वाह गर्न समेत विद्यार्थीहरुलाई आग्रह गरेका हुन्।
अखिल(क्रान्तिकारी) तत्कालीन समय देखी वर्तमान सम्म शैक्षिक माफियाका विरुद्ध अान्दोलन गर्ने संगठनको रुपमा स्थापित बनाएर लैजान आफू सक्रियताका साथ लागि परेको स्मरण गराउदै उपाध्यक्ष भुषालले अबको प्रमुख कार्यभार संगठन एकताबद्ध बनाएर लैजानका लागि हुन पर्ने बताए ।
कार्यक्रममा विशेष अतिथिहरु इन्द्र भुषाल, नारायन खनाल, मदन लिम्बु, इन्द्र लामा समिर पाण्डे साथै पशुपति क्याम्पसका क्याम्पस प्रमुख समेतले शुभकामना मन्तव्यहरु राखेका थिए। कार्यक्रममा केन्द्रीय समितिका सदस्यहरु उपत्यका विशेष प्रदेशका अध्यक्ष सचिव, सदस्यहरु क्याम्पस जिल्लाका अध्यक्ष पदाधिकारी अन्य क्याम्पसका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो।
सम्मेलनबाट सम्झना राई, उपाध्यक्ष अर्जुन मगर, लिला पाैडेल सह सचीव रबिना लामा कोषाध्यक्ष यज्ञराज जाेशि लगायत ४५ सदस्य सहित निर्वाचित गरेको हो।





























