बौद्ध दर्शन र वेद पढौ, पश्चिमा भन्दा अघि बढ्छौ : प्रदेश सभामुख तुलाराम घर्ती

3.06K
shares

रुपन्देही । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले बौद्ध दर्शन साथै पूर्वीय दर्शनशास्त्रलाई अवलम्बन गर्नु पर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश, गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश, मानव अधिकारको लागि महिला, एकल महिला समूह लुम्बिनी प्रदेश लगायतका संयुक्त आयोजनामा भएको मानव अधिकारको सम्मान, सुनिश्चितता, न्यायमुलक सम्मुनत नेपाल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ७७ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस २०२५ को अवसरमा कानुनको शासन, सुशासन र अर्न्तपुस्ता न्याय कायम भन्ने विषयक कार्यक्रममा बोल्दै सभामुख घर्तीले बताएका हुन् ।

उनले भने, हाम्रा दर्शनहरुले मानव अधिकारका लागि बोलिरहेको छ, उदाहरणका लागि बौद्ध दर्शन, जहाँ २६०० वर्ष अघि नै यस खालका कुरा गरेको छ, हाम्रा ग्रन्थ पनि अध्ययन गरौ कुनै ग्रन्थले जातीय, लैगिंक विभेद गर्न भनेको छैन् । मानव अधिकारीको लागि एक महिला महिला समूह कार्यक्रमका अध्यक्ष अरुणा श्रेष्ठले देशका भर रहेका एकल महिलाहरु र साथै मानव अधिकार हनन्‌का विरुद्ध एकमुष्ट रुपमा लाग्नुपर्ने कुरामा जोडदिइन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगरपालिका प्रमुख ईस्तियाक अहमद खान महिला बिना संसार चल्न असम्भव छ, महिला आफैमा सशक्त रहेका महिला अधिकार भनेको मानव अधिकार समेत हो भन्ने चिन्तनको विकास गर्न आग्रह गरे ।
राष्ट्रिय मानव आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले कानूनी शासनले मानव अधिकारको वकालत गर्ने गरेको जानकारी गराउँदै अन्तरपुस्ता न्यायको महत्वको विषयलाई विभिन्न आयाम सँग जोडेर जानकारी समेत दिएका थिए ।
एक्लोलाई साहारा दिने वृक्ष समूहका अध्यक्ष अस्मिता रानाले यौनीक तथा अल्पंख्यक र तेस्रो लिंगीहरु स्वरोजगारीकोे अभावका कारण यौन व्यवसायी हुन बाध्य भएको जिकिर गरीन् । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष तेज कुमार पाठक, लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।