सामुदायिक वनका कारण स्थानीयको उकासिँदै जीवनस्तर

5.41K
shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाङ्गगंगा नगरपालिका –८ का मन बहादुर थारु, नयाँ घर बनाउँदैछन्। तर, उनी धेरै चिन्तित छैनन्। यसको कारण हो, उनी भएको समुदायिक वन व्यवस्थापन समिति जस्ले उनलाई सहयोग गर्ने वाचा गरेको छ। “मेरो केही छिमेकीहरूले चार वर्ष अघि निर्माणका लागि काठ जुटाउन संघर्ष गरेका थिए, तर म चिन्तित छैन,” उनी भन्छन्, “म सजिलै बागेश्वरी सामुदायिक वनबाट काठ पाउँछु। वनबाट मैले झ्याल र ढोका पाउने छु ।”

बागेश्वरी सामुदायिक वन प्रयोगकर्ता समूहले आफैंले दाउरा, काट्ने कारखाना (दाउरा मिल)तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ। समूहले आफ्ना सदस्यहरूलाई रेडीमेड टेबल, कुर्सी र बेंग प्रदान गर्ने गर्छ, जसले नेपालमा दिगो वन व्यवस्थापनको उदाहरण प्रस्तुत गर्दछ। त्यही जिल्लामा अर्को समान उदाहरण पनि छ; अर्को सामुदायिक वन प्रयोगकर्ता समूहले फरक तरिकाले दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्दैछ।

बागेश्वरी सामुदायिक वनका अध्यक्ष कालु थारुका अनुसार, उनको समूहले आफ्ना सदस्यहरूलाई काठ छुट्टै दरमा उपलब्ध गराउँछ। प्रयोगकर्ता समूहले नियमित रूपमा काठ संकलन गर्छ, प्राकृतिक रूपमा खसेका रुखबाट, र यसलाई आफ्ना सदस्यहरूको आवश्यकतामा प्रयोग गर्छ। समूहमा करिब ३,००० जना सदस्य छन्, जसमा प्रायः आदिवासी थारु र मधेसी समुदायका व्यक्ति छन्।

गत वर्ष समूहले ४२० घन मिटर खसेको काठ संकलन गरेको थियो। “सुरूमा, मानिसहरूले हाम्रो सहयोग माग्छन्‌; त्यसपछि मात्र हामी क्रस–चेक गर्छौं,“ थारु भन्छन्, “दुरुपयोग रोक्न क्रस–चेक आवश्यक छ। केही मानिसहरूले सस्तो दरमा सामान किनेर पछि उच्च लाभमा बेच्न सक्छन्।“प्रयोगकर्ता समूहले मात्र वनजन्य पदार्थ ‘प्रयोग’ गर्दैन; यसले वनको दिगो संरक्षण पनि गर्छ। संरक्षण सुरु गर्नु अघि उक्त क्षेत्र खुला मैदान थियो, जहाँ गाईवस्तु चराउने गर्थे। “तर, स्थानीयहरूले यसलाई आफ्नो बनाउने निर्णय गरे, र यसलाई वनमा परिणत गरे,“ नेपाल सामुदायिक वन उपभोक्ता संघ का अध्यक्ष हुम नाथ भट्टराई भन्छन्।

प्रगतिशील सामुदायिक वनका सदस्य रामलक्ष्मण यादवसंग पाँच वटा भैँसी छन्। उनले पालेका पशुचौपायको घाँसको स्रोत वन जंगल हो । जंगलमा एक सिजनको घाँस काट्न उनले ५० रुपैयाँ तिर्नुपर्छ, जुन सिजन करिब छ महिनासम्म चल्छ। पैसा दिएपछि, सामुदायिक वन प्रयोगकर्ता समूहले उनलाई घाँस काट्न अनुमति दिन्छ। यादव भन्छन्, “हामीलाई सबै महिनाका लागि पर्याप्त घाँस प्राप्त हुन्छ। हामीले जंगलबाट काठ पनि प्राप्त गर्छौं। यसले हाम्रो जीविको पार्जनमा सहयोग पुर्‍याएको छ।” यादव दैनिक २० लिटर दूध बेच्छन्। उनको सात सदस्यीय परिवार दूध बेचेर कमाएको आम्दानीमा टिकेको छ। प्रगतिशील सामुदायिक वन प्रयोगकर्ता समूहका सचिव घनकला न्यौपानेका अनुसार, २६० परिवारहरू यस वनका नियमित उपभोक्ता हुन्। तर, यस वनबाट अझ धेरै मानिसहरूले वनउत्पादन प्राप्त गर्दैछन्। न्यौपाने भन्छिन्, “हामी समूहमा नभएका मानिसहरूलाई पनि सेवा प्रदान गरिरहेका छौं। तर, तिनीहरूलाई मूल्य तिर्नुपर्छ, जसलाई हामी वन संरक्षणमा प्रयोग गर्नेछौं।”

मायादेवी गाउँपालिका–३ का बासिन्दा नरकुमारी मल्ल भन्छन् – “ जंगलले उनलाई आवश्यक धेरै कुरा दिएको छ। “दाउरा अपुग हुन्थ्यो; मानिसहरूले गाईको गोबर जलाउँथे,” उनी भन्छिन्, “तर अब, हामी सामुदायिक जंगलबाट दाउरा पाउँछौं।” प्रगतीशील सामुदायिक जंगलले ६० हेक्टर जमिन ओगटेको छ।सामुदायिक वन उपभोक्ता समूहकी सचिव न्यौपानेका अनुसार उनको समूह ग्राहकहरूको माग अनुसार छुट दरमा दाउरा पनि प्रदान गर्छ। मागको मूल्याङ्कन गरेपछि, समूहले सुक्खा भएका रूखहरू फेला पारेर तिनीहरू काट्छ। उक्त क्षेत्रका बासिन्दा खूम्मराज मल्लका अनुसार, स्थानीयहरू यस ठाउँमा खेती गर्थे र त्यहाँ रूख थिएनन्। “वि.स २०४६ सम्म, यो जंगल थियो, तर २०४६ को क्रान्ति अवधिमा सबै रूख काटिए,”। उनी भन्छन्, “त्यसपछिका स्थानीयहरूले जमिन जोतेर खेती गरे।” तर, केही समयपछि, केही स्थानीयहरूले यस विषयलाई जिल्ला वन कार्यालयमा अनुगमनको लागि रिपोर्ट गरे, जसले हस्तक्षेप गरेर संरक्षण अभियान सुरु गर्‍यो।

“हामीले जंगल संरक्षणमा भूमिका खेलेका छौं। यदि हामीले केही नगरेका भए, यो पहिले नै अतिक्रमण भइसकेको हुन्थ्यो,” मल्ल भन्छन्। “सुरुमा, मानिसहरूलाई किन जंगल आवश्यक छ भन्ने बारे कुनै विचार थिएन। तर, अब, प्रयोगकर्ता समूहले उनीहरूलाई बिस्तारै सिकाएको छ।”
यसरी समूदायको सक्रियतामा वन उपभोक्ता संरक्षण समितिले स्थानियको जिवन उकास्न मद्धत पुराइरहेको छ भने अर्को तर्फ स्थानीय समूदायले वन संरक्षणमा समेत सक्रिय भूमिका निर्वाह गरीएको छ । यसरी मानिस र प्रकृतिको आवश्यक पारस्पारिक सम्बन्धको महत्व समेत दर्शाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083