कोशी प्रदेश प्रहरी तालिम केन्द्रकाे ५९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न
वि.सं.२०८२ मंसिर २८ आइतवार २०:१०
shares

विराटनगर । ५९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित वार्षिकोत्सव समारोह आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा यस केन्द्रका प्रहरी नायव उपरीक्षक गुरू प्रसाद तिम्सिनाले तालिम केन्द्रको बार्षिक गतिविधि सहितको स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्वारा लेखरचनाहरू समेटिएको स्मारिका “प्रहरी जवान” अंक-२३” को विमोचन गरी अवकास प्राप्त प्रहरी नायव निरीक्षक बुद्दी राज दरैज्यूलाई दोसल्ला ओढाएर सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो ।
प्रमुख अतिथिद्वारा तालिमकेन्द्रको बिबिध गतिविधिमा उल्लेख्य सहयोग पुर्याउनुहुने महानु भावहरुलाई कदर पत्र वितरण र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार बितरण समेत गर्नु भएको थियो । ५९ औं वार्षिकोत्सवको अवसरमा यस तालिम केन्द्रद्वारा आयोजित विभिन्न खेलमा विजेता प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथीज्यूले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भई उपस्थित सबैमा सम्बोधन समेत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा हरिनगरा गाँउपालिका, सुनसरीका अध्यक्ष गफार अन्सारी, बर्जु गाँउपालिका सुनसरीका अध्यक्ष जिवछ कुमार राय, केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका उपाध्यक्ष साथै पदाधिकारीहरु, नेपाल प्रहरी प्रदेश कार्यालय,धरान सुनसरीका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान शिक्षालय,झापाका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डे, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरुकाे उपस्थिति रहेको थियाे।
साथै स्थानीय विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, अवकास प्राप्त प्रहरी कर्मचारीहरू,सञ्चारकर्मीहरू,विभिन्न क्षेत्रबाट यस केन्द्रको प्रशिक्षण गतिविधिलाई सहयोग गर्नुहुने सहयोगी व्यक्तित्वहरू,स्थानीय बुद्धिजिवी लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु र प्रशिक्षणरत प्रहरी जवान आधारभुत तथा उन्नत तालिमका प्रशिक्षार्थीहरु समेतको उपस्थित रहेको थियो ।
कार्यक्रमको अन्त्यमा यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीद्वारा प्रमुख अतिथि लगायत उपस्थित अतिथि महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।















